भैरहवा पौष १४/
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘सरसफाई तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको अध्यक्ष सुचना थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले मानव स्वास्थ्यका लागि पनि आफनो घर–आगन मात्र नभई बाह्य वातावरणको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा.रामभजन मण्डल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास, स्व.वि.यु.सदस्य सुदिप शर्मा तिमिल्सिना लगायतले विद्यार्थीहरु पढाईको किरो मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिनुका साथै सरसफाईको महत्व बारेमा भनाई रराखेका थिए ।
कार्यक्रममा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसलाई नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाले विभिन्न सरसफाइ सामाग्रीहरु डस्टविन, ग्लोब्स्, माक्स, झाडु र रेडक्रस अंकित एप्रोनहरु उपलब्ध गराएको थियो । कार्यक्रममा कार्यक्रम कार्यसमिति सदस्य शान्ति बोगटीको स्वागत तथा सचिव रणसिंह सुवेदीकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।