भैरहवा फागुन ८,
रुपन्देहीको सियारी गांउपालिका वडानं २ भगदवरीमा पलालले छोपेको अवस्थामा महिलाको शवल फेला परेको छ ।
बेथरी वेलवास सडक खण्डको भगदरी भन्ने स्थानमा बर्ष ३५,४० को देखीने महिलाको शव परालले छोपेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
टांउकोमा ढुड.गाले थिचेको जस्तो देखीने अवस्थमा शव फेला परेको छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सुरज कार्कीले बताए । घटनाको वारेमा जानकारी आए संगै बेथरी प्रहरी चौकीको टोली घटनास्थल पुगेको र अनुसन्धान गरी शवको मुचुल्का गरी उठाउने काम भैरहेको प्रहरीले जनाएको छ ।