Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रकृतीको न्यायका लागी भैरहवामा शान्तीपुर्ण र्‍याली,प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाईयो


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०८१ शुक्रवार
  • 468
    SHARES

प्रकृतीको न्यायका लागी भैरहवामा शान्तीपुर्ण र्‍याली,प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाईयो

भैरहवा फागुन ९/

भैरहवा निवासी प्रकृती लम्सालको न्यायको माग गर्दै भैरहवामा शान्तीपुर्ण प्रर्दशन गरिएको छ । सिद्धार्थ संजाल रुपन्देहीको समन्वयमा रुपन्देहीका संघ संस्थाहरुले बिभिन्न मागहरु समेटिएको प्लेकार्ड बोकी भैरहवामा शान्तीपुर्ण प्रर्दशन गरेका थिए । उनिहरूले प्रकृती लम्सालको न्यायको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत प्रधानमन्त्री र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाएका छन् । 

भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्‍याली बैकरोड, मिलनचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो । कलेजले तत्कालको समस्या समाधान गर्नका लागी बिभिन्न आब्हान गरेको हुन सक्ने बताउदै कलेजले बिध्यार्थीहरुको सुरक्षा , प्रकृतीको परिवारलाई क्षतीपुर्ती र प्रकृतीको नाममा स्थापना गर्ने भनिएको छात्रबृद्धीका बिषयमा दुई देशका प्रतिनीधीहरु सम्मीलित समितीबाट मात्र सहमती गराउन सुझाव दिएको छ ।

33.jpg

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ज्ञापन पत्र बुझदै भैरहवाकी नानीको न्यायका लागी आफ्रनो तर्फबाट सक्दो समन्वय गर्ने प्रतिबद्धता जनाए । 
सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले कलेज प्रशासनले तत्कालको समस्या समाधन गर्ने गरी हल्का रुपमा लिएको हुन सक्ने बताउदै मृतक प्रकृतीलाई यो अवस्था सम्म पुराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेलाई अनुसन्धान गरी कडा कार्वाहीको माग गरे । 

कलेजमा अध्ययनरत एक युवकले आफूलाई चरम यातना तथा मानसिक दबाब दिएको कुरा पटकपटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनबाट कुनै पनि पहल नहुनु र अहिले घटना घटी सकेपछि उत्पन्न परिस्थितीलाई शान्त बनाउन अहिले कलेज प्रसाशनले दिर्घकालीन योजना नबनाई क्षणीक योजना बनाएको हुन सक्ने बताउदै यस बिषयमा सरकारले गंभिरता जनाउनु पर्ने उनले बताए । 

22.jpg

भारतको उडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी)मा अध्ययनरत भैरहवाकी प्रकृती लम्सालको मृत्यु पछि उत्पनन परिस्थितीमा कलेज प्रशासनका कर्मचारीहरुले नेपाल र नेपाली बिध्यार्थीप्रति गरेको अपमानजनक टिकाटिप्पणी स्वृकार्य नभएको भैरहवा मर्निड.वाक समुहका अध्यक्ष बिजय सागर श्रेष्ठको भनाई छ । केआईटी विश्वविद्यालय लगायतमा नेपाली बिध्यार्थी पठाउन तत्काल प्रतिबन्ध लगाउन श्रेष्ठले माग गरे ।

11.jpg

सिद्धार्थनगर नगरपालिका–८ मा स्थायी घर भइ भारतको उडिसा राज्यस्थित कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी) मा अध्ययनरत प्रकृति लम्सालको रहस्मय निधनको घटनाले भैरहवा वासी शोकमा छन् । 


लुम्बिनी चिन्तन

थप समाचार