Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको १२ औं जिल्ला अधिबेशन


  • लुम्बिनी चिन्तन
  • चैत्र २९, २०७७ आइतवार
  • 1.1K
    SHARES

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको १२ औं जिल्ला अधिबेशन

भैरहवा।नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको १२ आंै जिल्ला अधिबेशनको उद्घाटन सत्र तिलोतमा २ योगीकुटीमा सम्पन्न  भएको छ । अधिबेशनले नयाँ कार्य समिति समेत निर्बाचित गर्ने कार्यक्रम रहे तपनि समय अभावका कारण पुरा हुन नसकेकोले आगामी बैशाख ४ गते सम्म सम्पन्न गर्ने गरि व्यवस्था गरिएको बताईएको छ । निर्बाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा तीन जना, उपाध्यक्षमा पाँच ,महिला उपाध्यक्षमा तीन, सचिवमा दुई र कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । त्यसै गरि सहसचिव र सहकोषाध्यक्षमा भने १÷१  जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ । कार्यक्रममा गुरुबारी नामक स्मारिकाको अंक ३ बिमोचन गरिनुको साथै संगठनका आजीवन सदस्य, सेवा निबृतभएका शिक्षक र बिबिध गरि २ सय ३७  जनालाई सम्मान पनि गरिएको छ । संगठनका रुपन्देही अध्यक्ष मोतीलाल सुबेदीको अध्यक्षमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले संगठनले हाल सम्म प्राप्त गरेका उपलब्धि र भावी योजना बारे बताएका थिए । कार्यक्रममा संगठनका राष्ट्रिय कोषाध्यक्ष बिष्णु प्रसाद भण्डारी, लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेेका थिए।


लुम्बिनी चिन्तन

थप समाचार