Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०८१ शुक्रवार
  • 468
    SHARES

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित

 

 

भैरहवा फागुन १६/
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित भएका छन् । 
सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औं साधारण सभा तथा अधिवेशन फागुन २४ गते हुदैछ । 
निर्वाचन प्रकृया अन्तगत सुक्रवार मनोनयन दर्ताका क्रममा अध्यक्ष आर्चाय सहित वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, महासचिव कृष्ण घिमिरे, सचिव मंगल भण्डारी र कोषाध्यक्ष पदमा कमल मरासीनीको मात्र उमेदवारी परेकाले उनिहरुलाई निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता शिव गौडेलले बताए ।


त्यसैगरी कर्पोरेट उपाध्यक्षमा रोहित अग्रवाल, कर्पोरेट सदस्यमा अरपित अग्रवाल र विकास गोयन्को मात्र उमेदवारी परेपछि उनिहरु पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बस्तुगत सदस्यमा प्रितम रौनियार, महिला सदस्या उद्योगतर्फ विष्णु मायां शमाको मात्र उमेदवारी परे पछि उनिहरु पनि निरर्विरोध निर्वाचित भएका छन् ।
संघको फागुन २४ गते हुने ६६ औ साधारण सभा तथा अधिवेशनका लागी संघको सह कोषाध्यक्ष , वाणिज्य उपाध्यक्ष , उधोग सदसय र बाणिज्य सदस्यहरुका लागी निर्वाचन हुने निर्वाचन अधिकृत गौडेलले बताए । 
संघको बाणिज्य उपाध्यक्षमा यमकला न्यौपाने , दिपक कुमार पौडेल र हरी बहादुर थापाको उमेदवारी परेको छ । त्यसैगरी सह कोषध्यक्षमा संजय कुमार वेरीवाल र पल्लवी न्यौपानेको उमेदवारी परेको छ । त्यसैगरी एक पद रहेकोमहिला बाणिज्य सदस्यमा सुनयना केशी गिरी र मीना पन्थीको उमेदवारी परेको छ । 
पांच सदसिय उधोग खुल्ला तर्फ नौ जनाले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दिनेहरुमा कमल ज्ञवाली , अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव , दिपेन्द्र पौडेल, सृजना कार्की जोशी , ओम जैशी , रचना क्षेत्री , र बिजय अधिकारीको उमेदवारी परेको छ । 
त्यसैगरी दश सदसिय बाणिज्य खुल्ला तर्फ १९ जनाको उमेदवारी परेको छ । जस्मा पुजा आर्चाय , सन्दीप कुमार अग्रहरी , बिसाल जैशवाल , अभिनव कुमार कसौधन , रमेश घिमिरे ,धर्मराज शाक्य , प्रमोद कुमार रिजाल , अजुन कार्की , रमेश कानु, कृष्ण प्रसाद अधिकारी , यज्नय प्रसाद वेलवासे , सुरेन्द्र यादव , बिरेन्द्र ज्ञवाली , चन्द्र कान्त भट्र्राई , जवाहीर अग्रहरी , हरिश सेठेयिा , धर्मबिर शर्मा , गंगा शागर अग्रहरी , र प्रकाश रेग्मीले उमेदवारी दिएका छन् ।

निर्वाचनको प्रकृया शुरु भएको र सबै पदमा निर्विरोध नभएका कारण निवर्पाचन समितिले भने आधिकारिक रुपमा घोषणा गरेको छैन । तर निर्विरोध निर्वाचित भएका अध्यक्ष आचार्यसहित पदाधिकारी र अन्य सदस्यहरुमा कसैले उम्मेदवारी नदिएपछि स्वत निर्विरोध भएका हुन् ।
अध्यक्ष तथा पदाधिकारी, सदस्य र मनोनित गरी ३३ जनाको समिति हुनुपर्ने प्रावधान छ । सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औं साधारण सभा तथा अधिवेशन हुंदै छ ।


लुम्बिनी चिन्तन

थप समाचार