Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०८१ शनिवार
  • 1.2K
    SHARES

श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न

भैरहवा, फागुन २४ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी भैरहवा स्थित होटल अल्ट्राको सभाहलमा आज सम्पन्न भएको छ ।

कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा. डा. सुशिला पटेल ज्यूको सभापतित्व र अस्यताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्य नेत्र ज्योति संघ रुपन्देही शाखाका पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अस्पताल अन्तर्गत संचालित ८ वटा आँखा उपचार केन्द्रका ईन्चार्जहरु ले आ.व.२०८१/०८२  को ६ महिनामा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको को बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरु बारे पनि उपस्थित सबैमा जानकारी गराएका थिए ।WhatsApp Image 2025-03-07 at 1.12.15 PM.jpeg

कार्यक्रममा नाक,कान र घाटी रोग बिशेषज्ञ डा. मिलन सेडाईले  नाक,कान र घाटी सम्बन्धी प्रस्तुतीकरण पेश गर्नु भएको थियो ।

कार्यक्रममा प्रा डा.कबिन्द्र बज्राचर्यले उपस्थित सम्पुर्ण अतिथि तथा सहभागिहरु लाई स्वागत गर्नु भएको थियो र प्रकाश रायमाझी,  गणेश बहादुर क्षेत्री र प्रमुख अतिथी सागर प्रताप राणाले मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रमको प्राबिधिक चरणको संचालन संजिव अधिकारी र अन्य कार्यक्रम अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले संचालन गर्नुएको थियो ।WhatsApp Image 2025-03-07 at 1.12.16 PM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार