Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवाको सिद्धार्थ रंगशालामा पिएम कप प्रतियोगीताको तयारी पुरा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०८१ शनिवार
  • 424
    SHARES

भैरहवाको सिद्धार्थ रंगशालामा  पिएम कप प्रतियोगीताको तयारी पुरा

भैरहवा, फागुन २४ । पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष पक्रिकेट प्रतियोगीता हुन गईरहेको छ । 
प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन् ।


मा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले जानकारी दिएका छन । 
मैदान सम्याउने, रंगरोधन, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र सकिने चरणमा पुगेको छ । 


उक्त पिएम कप क्रिकेट प्रतियोगीतामा ५० ओभरको खेल खेलाईनेछ उनले भने । WhatsApp Image 2025-03-08 at 3.57.54 PM.jpeg


आइतबार लुम्बिनी प्रदेश र कोशी प्रदेशको विचमा प्रतिशपर्धा र एक्स्ट्राटेकमा भने एपिएफ र बागमती बागमती प्रदेश खेल्ने गुरुङले बताउनु भयो । 
भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ । 


४६ वटा खेल मध्य भैरहवाको रंगशालामा १७ वटा, एक्स्ट्राटेक १५ वटा र लमही क्रिकेट खेलमैदानमा १४ वटा खेल हुने अध्यक्ष गुरुङले बताउनु भयो ।  
उद्घाटनका लागि भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर पाण्डे आउनेपनि उनले बताए । WhatsApp Image 2025-03-08 at 3.57.55 PM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार