गैडहवा । रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चाेकमा रहेकाे पेट्रोल पम्पमा आगलागी भएकाे छ ।
स्थानीय राजकुमार चाैधरीकाे उक्त पम्पमा केहिवेर अघि देखि लागेको आगाे नियन्त्रणमा आएकाे छैन । आगाे नियन्त्रण लिने प्रयास गर्दा पम्प सन्चालक हेमन्त चाैधरी घाइते भएका छन् । घाइतेको उपचारका लागि बुटवल पठाईएकाे पम्प सन्चालक चाैधरीले बताए । चाैधरीका अनुसार आगलागी बाट करिव १ लाख लिटर ईन्धन जलेर नस्ट भएकाे छ ।
इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको हाे । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको छ, आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको अवस्था छ ।
गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
आयल निगम भलबारीका डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार आयल निगमको भैरहवास्थित भलबारी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर विभिन्न पेट्रोल पम्पहरुमा पुर्याउन गएको त्रिमूर्ति ट्रान्सपोर्टको ट्यांकरमा आगलागी भएको हो ।
आठ हजार लिटर पेट्रोल आगलागी हुनुभन्दा अघि नै अर्कै डिपोमा खन्याइएको र चार हजार लिटर अभिषेक पेट्रोल पम्पमा खन्याइसक्दा आगो लागेको थियो । उनका अनुसार आगो लाग्दा ट्यांकरमा आठ हजार लिटर पेट्रोल बाँकी थियो । ट्यांकर जलेर नष्ट भए पनि पम्पलाई केही नभएको उनले बताए ।
आगलागी भएको स्थान भैरहवाबाट ४० किलोमिटर लुम्बिनीतर्फ भित्री क्षेत्रमा पर्दछ । रुपन्देहीमा यसअघि पनि भैरहवास्थित एक पेट्रोलपम्प र नेपाल आयल निगमको भलबारी डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको थियो । आयल निगम भलबारीका डिपोका अनुसार यूरो-६ मापदण्डको तेल निकै पातलो हुने भएकाले पम्पमा खन्याउने क्रममा लिक हुने र यस्ता आगलागीका घटना दोहोरिएको अनुमान छ ।