Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होली पर्व सभ्य, शान्त, मर्यादित र सुरक्षित तवरले मनाउन जिल्ला प्रहरीले कार्यलय रुपन्देहीको आग्रह


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २९, २०८१ बिहिवार
  • 466
    SHARES

होली पर्व सभ्य, शान्त, मर्यादित र सुरक्षित तवरले मनाउन जिल्ला प्रहरीले कार्यलय रुपन्देहीको  आग्रह

भैरहवा,फागुन २९ । जिल्ला प्रहरीले कार्यलय रुपन्देहीले रङहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । 
होलीमा जबरजस्ती कसैलाई पनि रङ, अबिर नहाल्न रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले आग्रह गरेका हुन । 


बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली पर्व मनाइदै छ । रङ नलगाउन चाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ, अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

ब्यापक रुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको र ११ प्रकारका ड्युटीमा ८ सय ३० प्रहरी परिचालन गरिएको बताए । प्रवक्ता कार्कीले जानकारी दिनु भयो । 


अश्लील र ठुलो आवाजमा डिजे बजाउन र बाटो अवरोध हुने गरी होली नखेल्न आग्रह गर्दै कानून विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानून अनुसार कारबाही गरिने डीएसपी सुरज कार्कीले बताउनु भयो । 


लुम्बिनी चिन्तन

थप समाचार