भैरहवा,फागुन २९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले फागू पूर्णिमा (होली) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन । बिहीबार एक सन्देश जारी गर्दै प्रमुख खाँले होली पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने र समाजिक एकता र भाईचाराको विकास हुने बताउनु भयो । समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउनमा होली पर्वको महत्वपुर्ण भुमिका रहेको उनले बताए ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागू पूर्णिमा (होली) पर्व २०८१ को उपलक्ष्यमा सम्पुर्ण नगरवासी, देस, विदेसमा रहनुहुने समस्त नेपाली जनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उनले भने ।

साथै उनले भने “सिद्धार्थनगर नगरपालिकाले मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको छ । नगरको विविध साँस्कृतिक सम्पदा, परम्परा र मौलिक पहिचान नै समृद्ध नगरको आधार हो । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नु हामी सवैको दायित्व हो । ”
पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिई सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली नगरवासिमा अनुरोध समेत गर्नु भयो ।