Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा अस्तिधातु सहितको धम्मयात्रा सम्पन्न (फोटोफिचर)


  • लुम्बिनी चिन्तन
  • चैत्र १, २०८१ शनिवार
  • 1.2K
    SHARES

भैरहवामा अस्तिधातु सहितको धम्मयात्रा  सम्पन्न (फोटोफिचर)

 

भैरहवा, चैत २ । 
बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातु सहितको धम्मयात्रा गरेका छन् । 
लुम्बिनी स्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुले भैरहवामा धम्मयात्रा गरेका हुन् ।
  धम्मकाय फाउण्डेशन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा स्थानीयहरुको सहभागितामा लुम्बिनी प्रवेशद्धारमा धम्मयात्राको टोलीलाई स्वागत गरिएको थियो । 

lumbini 5.jpg
भैरहवाको सिद्धार्थ रंगशालादेखि बुद्धचौकको लुम्बिनी गेटसम्म पैदल आएका भिक्षु तथा अल्पकालिन भिक्षुहरुलाई लुम्बिनीगेटमा पुष्पअर्पण गरि स्वागत गरिएको थियो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलबस्तु गएको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्मयात्राको थालनी गरिएको आयोजकले जनाएका छन् । 

lumbini 6.jpg
धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती डा. सुवर्णलाल बज्रचार्यले भगवान बुद्धले प्राप्त गरेपछि सिद्धार्थनगर भैरहवा हुँदै लुम्बिनी, कपिलबस्तु आएको बताउँदै बुद्धधर्मको संघ पनि यसैक्षेत्रका मानिसहरुको सहभागिताबाट शुरु भएको बताए । उनले बुद्धका उपदेशहरु मानव कल्याण, शान्ति र सदभावको प्रतिक भएको बताउँदै श्रामणेर भएकाहरुको धम्मयात्राले बुद्धका सन्देशलाई फैलाउने विश्वास व्यक्त गरे । 

lumbini 3.jpg
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुखसयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गर्दै धम्मयात्राले त्यही सन्देश दिएको बताए । उनले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कदा रुपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले फेरी स्मरण गराएको बताए । 

lumbini 4.jpg
यस्तै लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी बभगवान बुद्धको जन्मस्थल मात्रै नभई विश्वशान्तिको उदगम थलो भएको सन्देश दिने काम गरेको बताए । उनले लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सिमित नराखी बुद्धका उपदेश, लुम्बिनीको महत्वलाई विश्व समुदायमाझ पु¥याउन लाग्नुपर्नेमा जोड दिए । 
यसैगरी सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक मोहम्मद खाँनले बुद्धत्व प्राप्त गरेपछि रुपन्देहीको सिद्धार्थनगर हुँदै गृहनगर कपिलबस्तु फर्केको बताउँदै त्यसलाई सम्झँदै धम्मयात्रा गरिनु आफैमा महत्वपूर्ण रहेको बताए । उनले आगामि दिनमा समेत धम्मयात्रालाई अझ ठूलो संख्यामा गर्नका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताए । 

lumbini 1.jpg
धम्मयात्रामा धम्कायका सल्लाहकार डा. आदिसक, थाईल्याण्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागिता रहेको थियो । भैरहवामा दोस्रो पटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरुलाई फैलाउन र विश्वशान्तिका लागि बुद्धनगरी लुम्बिनीबाट सकरात्मक सन्देश दिन सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताए  । धम्मयात्रा कार्यक्रमको सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्रध्यापक कमल थापाले गरेका थिए । 

lumbini 2.jpg
धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुन्डन गरी आफूलाई पूर्ण रुपमा बौद्ध नियममा रुपान्तरण गरेका थिए ।  भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।  


लुम्बिनी चिन्तन

थप समाचार