Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक, आज र भोली बुक गर्नेलाई ८ वर्ष चार्जिङ फ्रि  


  • लुम्बिनी चिन्तन
  • चैत्र २, २०८१ आइतवार
  • 2.9K
    SHARES

भैरहवामा कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक, आज र भोली बुक गर्नेलाई ८ वर्ष चार्जिङ फ्रि  

भैरहवा, चैत ०३ । टाटा इभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले भैरहवामा कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । 
भैरहवास्थित अम्बु मार्केटिंगमा आयोजित ‘टाटा इभिः चार्जज्ड फर द  फ्युचर’ कार्यक्रममा टाटाको नेपालमा हालै लन्च भएको नयाँ इभिहरुमा कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि – २०२५ ब लन्च गरिएको अम्बु मार्केटिंग अध्यक्ष परशुराम पराजुलीले बताउनु भयो । WhatsApp Image 2025-03-16 at 3.07.38 PM.jpeg
कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, अम्बु मार्केटिंग अध्यक्ष परशुराम पराजुली र एफ.एन.सि.सि.आई. सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य द्वारा संयुक्त रुपमा टाटाका नयाँ इभीहरु सार्वजनिक गरेका हुन्। 
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा इभिको नंया मोडलहरु भैरहवामा लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताउनु भयो । उहाँले उक्त इभिहरु आज र भोली बुक गर्ने ग्राहकहरुलाई देशभरका १६५ चार्जिङ सेन्टरबाट ८ वर्षसम्मका लागि फ्रि चार्ज सुविधार रहेको र आज बुक गर्ने ग्राहकहरुका लागि इन्स्योरेन्स सुविधा फ्रि रहेको पनि बताउनु भयो । 

उहाँले थप्दै भन्नुभयो, अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ इभि देखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ इभि, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्नु हुन्छ। ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नु हुन्छ।“

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एफ.एन.सि.सि.आई. सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य निजि क्षेत्रले आयात गरेको गाडिहरुले सरकारलाई अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नु भयो ।  
WhatsApp Image 2025-03-16 at 3.07.38 PM (1).jpeg
त्यस्तै अम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गर्नु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले जति हामीले बाहिरी देशलाई विद्युत बिक्री गर्छौ त्यो भन्दा बढी पेट्रोल डिजेलहरु हम्रो देशले आयात गरेको छ । त्यसैले यो इभि गाडीको प्रयोगले देशको आर्थिक अवस्थामा सुधार आउने बताउनु भयो ।  
आइतबारबाट भैरहवाको ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नंया गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नु हुन्छ ।WhatsApp Image 2025-03-16 at 3.07.38 PM (2).jpeg

टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ ।
कर्भ .इभी टप भेरिएन्ट टाटा इभीको उन्नत पियोर इभी आर्किटेक्चर – एक्टी.इभी मा आधारित छ। यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुट स्पेस र १६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ। नेपाली बाटोमा सजिलै ३० किलोमिटरको रेञ्ज पाउन सकिन्छ । यसमा एडिएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल – व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ – भीबीएस सहितको इएसपी रहेको कर्भ इभिले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्कृन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, मल्टि–मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू छन्।  
यस एसयुभीमा सरल र सहज चार्जिंगको लागि घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसबाट १० –८० % चार्ज मात्र ४० मिनेटमा पूरा गर्न सकिन्छ।IMG_20250316_123027_080.jpegIMG_20250316_122912_078.jpegIMG_20250316_123041_087.jpg


लुम्बिनी चिन्तन

थप समाचार