भैरहवा, ५ चैत । मुख्य शहरी क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका गनुपर्नेमा बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैनाका र होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले जोड दिएका छन ।
रुपन्देहीका ४ स्थानीय तहहरुले मुख्य शहरी क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका गनुपर्नेमा जोड दिएका छन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुरक्षा व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको जनाएका छन्।
बजार चलायमान बनाउनका लागि रात्रीकालीन बजार सञ्चालन गर्न आवश्यक रहेकाले सुरक्षा व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई अनुरोध गरिएबुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले बुटवलमा रात्रीकालीन बजार सञ्चालनका लागि हाइमास्ट लाइट, सिसिटीभी क्यामेरा जडान र स्थान तय गरेर व्यवसायीहरुलाई आह्वान गरेको बताए।
’हामीले कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालन गर्न सकिने गरी तयारी गरेका छौं र यी क्षेत्रमा रहेका व्यवसाय र व्यवस्थित ठेलाहरु राख्न सकिने गरी व्यवस्थापन गर्न कार्यपालिकाबाट निर्णय गरिसकेका छौं,–प्रमुख पाण्डेयले भने–त्यसैअनुसारले कार्यान्वयनका लागि अरु स्थानीय तह र होटल व्यवसायीसमेतको सहभागितामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीलाई सुरक्षा व्यवस्थापनका लागि अनुरोध गरिएको हो।’
रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
बुटवलउपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका रहोटल तथा रेष्टुरेन्ट व्यवसायी संघले ज्ञापनपत्र बुझाउँदै आवश्यक व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरे।
जिल्लासमन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाई सहित बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, सिध्दार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ र सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माको टोलीले सोमबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउने क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले रात्रीकालीन बजार सञ्चालन गर्दा आर्थिक हिसाबले समेत लाभ हुने बताए।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले रात्रीकालीन बजार सञ्चालन गर्दा बजार चलायमान हुने र यसले उपभोक्तालाई समेत लाभ हुने बताए।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रात्रीकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार र व्यवसायीको चासोलाई सकारात्मक रुपमा लिएको बताए। उनले व्यवसायीले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरे। सरकारले २०७९ मा ल्याएको पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधिअनुसारको मापदण्ड पूरा गरेनगरेको अनुगमन गर्ने र त्यसअनुसार रात्रीकालीन बजार सञ्चालन गर्न सकिने उनले बताए।