बुटवल । बुटवलको धागो कारखानामा स्थितकोराना विशेष अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार विहान २ महिला र एक पुरूष संक्रमितको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका ३ का एकजना पुरुष रहेकाे लुम्बिनी प्रादेशिक अस्तालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७: २७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।
यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९स्५० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा। गौतमले बताए ।
कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७स्१४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।