Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजना कार्यक्र भैरहवामा सम्पन्न, ८० जना प्रशिक्षार्थीको सहभागिता


  • लुम्बिनी चिन्तन
  • चैत्र १०, २०८१ सोमवार
  • 594
    SHARES

दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजना कार्यक्र भैरहवामा सम्पन्न,  ८० जना प्रशिक्षार्थीको  सहभागिता

भैरहवा, ११ चैत्र । दोश्रो चरणको दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजना कार्यक्र भैरहवामा सम्पन्न भएको छ । उक्त कार्यक्रम रुपन्देही उद्योग संघको आयोजना र रूपन्देही लिलाराम माविको सहआयोजना मा गरिएको हो। प्रशिक्षार्थी छनोटका क्रममा अन्तरक्रिया तथा समूह कार्यमार्फत २३ वटा उद्योगले औद्योगिक प्रशिक्षार्थी प्लेसमेन्टका लागि प्रशिक्षार्थी छनोट गरी त्रिपक्षीय सम्झौता गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। उक्त कार्यक्रममा २३ उद्योग , ३४ प्रशिक्षार्थी सहित ८० जनाको सहभागिता रहेको विद्यालयका प्रचार्य रुप कुमार रायमाझीले बताउनु भयो ।

WhatsApp Image 2025-03-24 at 2.07.48 PM.jpegWhatsApp Image 2025-03-24 at 2.07.49 PM.jpegWhatsApp Image 2025-03-24 at 2.07.49 PM (1).jpegविद्यालयमा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकार मार्फत “प्रि डिप्लोमा इन इनफरमेशन टेक्नोलोजी” विषयको २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम संचालनमा गरेको विद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार उक्त कार्यक्रममा ३.५ महिना प्राविधिक शिक्षालयमा आधारित प्रशिक्षण सम्पन्न हुन लागेको र १९.५ महिना उद्योगमा आधारित सिकाई प्रशिक्षण गर्नुपर्ने भएकोले उपयुक्त उद्योगहरुको छनौट गरी औद्योगिक प्रशिक्षार्थीहरुको सिकाई प्रभावकारी वनाउने उद्धेश्यले यस विद्यालयले रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनासँग सहकार्य गरी हायर एण्ड अपेरेन्टिक डे कार्यक्रममा गरिएको विद्यालयका प्राचार्य रायमाझीले बताउनु भयो । 


लुम्बिनी चिन्तन

थप समाचार