भैरहवा चैत्र ११,
लुम्बिनीको पहिचान र समृद्धीका लागी लुम्बिनी बचाउ महाअभियानले सोमवार लुम्बिनीमा प्रर्दशन गरेको छ । यस अगाडी भएका बिभिन्न सहमतीहरु लुम्बिनी बिकास कोषले कार्यान्वयनमा नल्याएको भन्दै थप आन्दोलन गर्नु गरेको महाअभियानका सदस्य राम बिकास चौधरीले बताए ।
तत्कालीन रूमिन्देइमाइ (मायादेबी) मन्दिरलाई गुरूयोजना बिपरीत भत्काएर त्यही स्थानमा नयाँ मन्दिर निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ समेतको उल्लङ्घन भएको छ। त्यसैले सो मन्दिरलाइ पुरानै ढाँचामा जीर्णोद्धार गर्नुपर्ने महाअभियानका नेतृत्व कर्ता मेघनाथ आर्चायले बताए ।
तत्कालीन रूमिन्देइमाइ (मायादेबी) मन्दिरका पुजारी स्व. गंगा प्रसाद पाण्डेलाइ सन् २००० बाट गैरकानुनी तरिकाले बला हटाइएको थियो। उहाँको सन्तानलाई पुनःपुजारी नियुक्तिगरी परम्परागत नित्य पूजा तथा संध्या आर्तीको व्यवस्था हुनुपर्ने आर्चायको भनाई छ ।
लुम्बिनी विकास कोषको कार्यकारी समितीमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव लगायत पदकालागी स्थानीयको मात्र हव पुग्दछ, भने लुम्बिनीका नगर प्रमुख, प्रदेससभा सदस्य तथा संघीय सांसदलाइ पदेन सदस्यका रूपमा मनोनीत गर्नुपर्ने अभियानका अर्का नेतृत्वकर्ता अक्रम खांले बताए ।
परम्परागत मुण्डन संस्कार गर्ने, कथा सुन्ने र कडाही चढाउने तथा चैत्र पूर्णिमामेला स्थलको व्यवस्थापन गर्ने जिम्मेवारी लुम्बिनी कोषको हो, सोका लागी निश्चित बजेट छुट्याइ मायादेबी मन्दिर परिसरमा परम्परागत धार्मिक गतिविधि सुनिश्चित हुनुपर्ने अभियानको माग छ ।
सर्वोच्च अदालतको आदेशअनुसार श्रद्धालु भक्तजनसँग मन्दिर प्रवेश शुल्क लिन पाइदैन । त्यसैगरी प्रचीन मायादेबी सुत्के महेन्द्र स्तम्भ, र पर्सा चोक स्थित रानी बगैचा जस्ता ऐतिहासिक धरोहरको संरक्षण र सुन्दरीकरण बिकास कोषले गर्नुपर्ने महाअभियानले माग गरेको छ ।
रूमिन्देइमाइ मन्दिरका तत्कालीन पुजारी पंडित गंगा प्रसाद पाण्डेलाइ गैरकानुनी रूपले बिना कुनै निर्णय बलजफ्ती हट समयमा उहाँले बिकास कोषलाइ बुझाउनु भएका ३९ थान मूर्ति र ऐतिहासिक चीजबस्तु लुम्बिनीमै पुर्नस्थापित हुनुपर्ने माग गरेको छ ।
प्रो. केन्जो टाङ्गेद्वारा तयारपारिएको लुम्बिनी विकासको गुरुयोजना विपरीत बनेका र बनीरहेका संरचनाहरू हटाएर त्यस्ता गै संरचना बनाउने÷बनाउन आदस दिने बिरुद्ध छानबिनगरी दोषी देखिएकालाइ कानुनी दायरामाल्याइ कारवाही गर्नु पर्ने माग गरेको छ ।
घर–जग्गा अधिग्रणपछि विस्थापित लुम्बिनीबासीको अभिलेखीकरणगरी लोक दर्शन बज्राचार्यद्वारा गरिएको एक परिव रोजगारको समझौता कार्यान्वयन गर्दै बिकास कोषमा कार्यरत स्थानीय कर्मचारीलाइ प्रकृया पुर्याइ स्वतः स्थायी गर्नुपर्ने लुम्बिनी बचाउ महाअभियानको माग छ ।
लुम्बिनी बिकास कोष र लुम्बिनीमा गठित नागरिक संजाल लुम्बिनी बचाउ महाअभियानबिच २०८१ साउन २५ गते भएको सम्झौता तत्काल लागूगरी उत्खननबाट प्राप्त तथागत भगवान बुद्धको अस्तुधातु खोजीगरी लुम्बिनीमै पुर्नस्थापित गर्नुपर्ने । २०. लुम्बिनी बिकास गुरुयोजना अनुसार लुम्बिनी ग्राम क्षेत्रभित्र शैक्षिक प्रयोजनकोलागि एक हाइस्कुल कम्प्लेक्स क्षेत्र छुट्टयाइए सो मध्ये चार बिघा जग्गा चुंजी फाउन्डेसन नामक संस्थालाई दिने कोषको निर्णय फिर्तागरी उद्देश्य अनुसार कार्य गर्नुपर्ने , पर्यावरणका लागि हितकर बोट बिरुवाहरू (कटहर, महुवा, बडहर, कदम, सिमल, बर र पिपल, आदि) लुम्बिनी बिक स्वयमले संरक्षण गर्नुपर्छ, भने लुम्बिनी ग्राम अन्तर्राष्ट्रय सभाहललाई शान्तिपूर्ण धर्मसभा, प्रवचन वा पर्यटन प्रवर्धनमा सहयोग खालको कार्यक्रम गर्न पाउनेगरी स्थानीयबासी सित छलफलगरी एक कार्य विधिबनाई तत्काल संचालनमा ल्याउनुपर्ने महाअभियाने माग गरेको छ ।
सोमबार लुम्बिनीको बिभिन्न स्थानवाट आएकाहरुले कोषले यस अगाडी गरेका सहमतीहरु कार्यान्वयन गर्न माग गरेका थिए ।