काठमाडौं, १२ चैत्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले कुलमान घिसिङलाई हटाएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
मंगलबार घिसिङको समर्थन गर्दै विभिन्न नारा भएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’, ‘जाग्यो जाग्यो जनता अति भयो अब त’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयलाई लिएर सत्तारूढ दल र विपक्षी दलका नेताहरुले सामाजिक सञ्जाल मार्फत विरोध गरेका छन् ।