भैरहवा, १७ चैत्र ।
सिद्धार्थ दुर्गा युवा क्लबले भैरहवास्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । सामाजिक कार्य गर्दै आइरहेको क्लबले बिहानीपखको खाना बालगृहमा खानाखुवाउनुका साथै नगद रकम सहयोग प्रदान गरेको छ । क्लबका सदस्य तथा शुभेच्छुकहरुको अगुवाईमा सहयोग भएको कार्यक्रममा क्लबले बालगृहमा रहेका शनिबार विहानीको खाना बालबालिकाहरुलाई खुवाइएको थियो । यसैगरी क्लबले संककलन गरेको रकम सहयोग स्वरूप बालगृहकी संचालक कृष्णामाया गुरुङ्गलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै संचालक गुरुङले संस्था संचालनको मुख्य चुनौती घरभाडा तिर्नु रहेको बताउँदै सरोकारवाला निकायले सहयोग नगरेको गुनासो गर्नुभयो । आमा सामुदायिक सेवा समिति सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाकी अध्यक्ष इन्दिरादेवी क्षेत्रीले यस्तो कठिन परिस्थीतीमा समेत बालगृह संचालन गरिरहनु भएकोमा कृष्णामाया गुरुङ्गको प्रशंशा गर्दै बालगृहलाई आवश्यक जमिन उपलब्ध गराउन सरोकारवाला निकायमा सबैले पहल गरिनु पर्ने बताउनु भयो । 



दुर्गामन्दिर तथा मौलो पूजा समिति, सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाका अध्यक्ष अमितआलेले युवाहरुको पहलमा बालगृहमा भएकोयो कार्यक्रम प्रशंशनीय रहेको र यस प्रकारको कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । क्लबका अध्यक्ष भीमबहादुर थापाले बालगृहमा दैनिक संचालन र व्यवस्थापनका लागि नगद रकम हस्तान्तरण गरि कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हाथहरुलाई धन्यवादव्यक्त गर्दै, कुनै पनि संस्था संचालन गर्नु कठिनहुने भएता पनि पूर्ण आत्मविश्वासका साथकार्य गरेमा अवश्य सफल हुने छ । र आगामी दिनहरुमा पनि यस्तेै समाजप्रति रचनात्मक र विकासात्मक कार्यक्रम गर्ने लक्ष्य लिएको बताए। क्लबका सचिव बिकाशबस्नेतको संचालन, सदस्य सुरेन्द्र गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका स्वंसेवक सदस्यहरुले स्वयं खानापकाउने, खुवाउने र व्यवस्थापनको कार्य गरेका थिए ।