भैरहवा, चैत्र १७ ।
श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा यु.सी.यम.यस.मा उपचार गराइ रहेका वडा नं. १ निवासी अर्जुन थापालाई नगद सहयोग गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १, नयाँगाउँ निवासी वर्ष ४८ अर्जुन थापा यहि चैत्र १३ गते एक्कासी मस्तिष्कघात भई मेडिकल कलेजमा अचेत अवस्थामा सघन उपचार कक्षमा उपचाररत छन । समाजका अध्यक्ष याम बहादुर थापा ‘माइला’ले बिरामी थापाको श्रीमति चन्द्रकला थापालाई नगद रु. एक लाख सात हजार आठ सय पच्चिस मात्र) हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष थापाले सो रकमबाट केही भए पनि परिवारलाई उपचारमा सहयोग होस् र निज पहिलाको अवस्थामा नै फर्कन सकोस् भन्ने उद्धेश्यले सहयोग गरिएको बताउनुभयो । सो नगद हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी सुशील गुरुङ्ग, जनप्रतिनिधी अनिल कुमार के.सी., समाजका सचिव नन्द कुमार राना, कोषाध्यक्ष जितेन्द्र गुरुङ्ग, राम बहादुर थापा, राजु गुरुङ्ग, अनिल थापा, रोशन गुरुङ्ग, रवि गुरुङ्ग, गोपाल उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
समाजले सो रकम गाउँघरमा घरदैलो कार्यक्रमका साथै विदेशबाट समेत शुभेच्छुकहरुबाट संकलन गरेको समाजका सचिव नन्द कुमार रानाले बताउनु भयो ।