Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

श्री पक्लिहवा माध्यमिक विद्यालयको ६६ औं स्थापना दिवस तथा अभिभावक भेला समारोह सम्पन्न


  • लुम्बिनी चिन्तन
  • चैत्र २१, २०८१ शुक्रवार
  • 6.3K
    SHARES

श्री पक्लिहवा माध्यमिक विद्यालयको ६६ औं स्थापना दिवस तथा अभिभावक भेला समारोह सम्पन्न

भैरहवा, चैत्र २२ । श्री पक्लिहवा माध्यमिक विद्यालयको ६६ औं स्थापना दिवस तथा अभिभावक भेला समारोह सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवामा अवस्थित रहेको पक्लिहवा मा.वि.ले शुक्रबार एक कार्यक्रमकाबीच स्थापना दिवसका साथै वर्ष २०८२ को लागि प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरेको हो ।
अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्व तथा लुम्बिनी प्रदेश सांसद देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्यघाटन गर्दै सांसद, लुम्बिनी प्रदेश सांसद देवी प्रसाद चौधरीले विद्यालयलाई १० लाख सहयो गर्ने प्रतिबद्धता जनाउनु भयो । उनले विद्यालयमा शौचालयको अत्यत आवश्यक भएको र उक्त समस्यालाई आफुहरुले केही हदसम्म पुरा होस भनेर १० लाख सहयोग गर्ने बताउनु भयो । 
यसैगरी कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष सुशिल गुरुङले समाजमा स्थापित हुनसक्ने विद्यार्थीहरु उत्पादनमा विद्यालयका शिक्षक शिक्षिका सबै सबै मिलेर अग्रसर हुने र अगाडी बढ्नुपर्ने आश्यक रहेको बताउनु भयो ।WhatsApp Image 2025-04-04 at 19.07.23 (2).jpeg WhatsApp Image 2025-04-04 at 19.07.23.jpeg
विद्यालयका प्राचार्य वसन्त कुमार वस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गदै विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई आभार व्यक्त गर्नुभयो । विद्यालयलाई अझ व्यवस्थित र शैक्षिक तवरमा आफुहरु लागी पर्ने अडानमा कायमै रहेको उहाँले बताउनु भयो । 
विद्यालयले विद्यार्थी छात्रछात्राहरुलाई स्थापना भएको विभिन्न ५ किसिमको छात्रवृत्ति समेत समारोहमा वितरण गरेको थियो । यसैगरी, विद्यालयले विगत २४ वर्षदेखी विद्यालयमालाई आफ्नो योग्दान पुर्याउने विद्यालयका प्राचार्य वसन्त कुमार बस्नेतलाई सम्मान पनि गरिएको थियो । साथै, विद्यालय कार्यरत शिक्षक यम कुमारी थापा,  देवी प्रसाद न्यौपाने, अनिमा सरकार, गीता नेपाल, वन्दना शुक्ला र चेत कुमारी गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।WhatsApp Image 2025-04-04 at 19.07.23 (1).jpeg WhatsApp Image 2025-04-04 at 19.07.24.jpeg
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तव, सिनपा वडा नं. १ का जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, बेलहिया मा.वि.का व्यवस्थापन समिति अध्यक्ष देवराज न्यौपाने, प्रधानाध्यापक बसन्त कुमार बस्नेत, समाजसेवी सुरेन्द्रजंग थापा, कृष्ण खनाल, लेखनाथ भट्टराई लगायतले विद्यालयको विगतको इतिहास, समाज रुपान्तरणमा यसले गरेको योगदान, शिक्षा क्षेत्रको विकाशमा नयाँ कार्ययोजना, भुमिका तथा असल नागरिकको निर्माणमा विद्यालयले पारेको प्रभावको बारेमा विभिन्न धारणाहरु राख्नुभएको थियो ।
  कार्यक्रममा भुतपुर्व विधार्थी समाजका अध्यक्ष, सल्लाहकार तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, जनप्रतिनिधि अनिल कुमार केसी, पुर्व वडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, श्याम खनाल, भविलाल पौडेल, टंक ज्ञवाली, योगेन्द्रनाथ पाण्डे, चेतन गुरुङ्ग, राकेश गुरुङ्ग, तेजेन्द्र गुरुङ्ग, राम प्रसाद सापकोटा, माधव शर्मा, सुमन शर्मा, नयाँगाउँ रानीगाउँ आमा समाजका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत तथा शिक्षिका गिता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार