दीपेश पछाई ,
भैरहवा चैत्र २४,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान रोकिए संगै जनस्तरमा सरकार प्रति आक्रोश बढ्न थालेको छ ।
एकसाता अघि नागरिक उड्डययन प्राधिकरणले भैरहवाबाट ‘समर सेड्युल’ स्थगित गरेपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका उडान ठप्प छन् । करिब तीन वर्षअघि उद्घाटन भएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका पर्यटन ब्यावसायिहरु चिन्तीत बनका छन् ।
बिमानस्थल नियमित संचालनका लागी सुरुवात देखीनै दवाव श्रृजना गर्दै आएको सिदार्थ संजाल रुपन्देहीले भैरहवामा बिभिन्न संघसंस्थाहरु संगको समन्वय बैठक राखी आगामी दिनमा बिमानस्थल नियमित संचालनका लागी दवाव दिन छलफल कार्यक्रमनै आयोजना गरेको थियो ।
रुपन्देहीका पचास बढी संघ संस्थाहरु सहभागी रहेको कार्यक्रममा अधिकाम्श सहभागीहरुले सरकारनै बिमानस्थल संचालनका लागी तप्परता नदेखाएको सिद्धार्थ संजालका अध्यक्ष अनिल ज्ञवालीले बताए । सरकार बिमानस्थल संचालन गर्न चाहदैन तर स्थानिय संग बिमानस्थल जसरी पनि संचालन गर्दछौ भन्दै हिड्ने गर्दा सरकारको द्ध्यत्त चरित्र देखिएको ज्ञवालीको भनाई थियो ।
नागरिक उड्डययन प्राधिकरणले भैरहवाबाट एक महिना अगाडीनै ‘समर सेड्युल’ का उडानहरु कटाएको छ तर सरकारका मन्त्रीहरु बिमानस्थल जसरी पनि चल्दछ भन्दै हिन्छन्र संजालका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भने ।
भैरहवा बाट अन्तर्राष्ट्रिय उडान भर्न चाहने यात्रुका लागि आवश्यक सरकारी कागजात र पक्रियाका काम सुरु नहुँदा उडान अनिश्चित बनेका छन् । बिमानस्थल नियमित संचालनमा नआउदा पर्यटन क्षेत्र धरासायि मात्र नभएर घरवार बिहिन हुने अवस्थामा पुगेको श्रेष्ठले बताए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यात्रु अभावले गर्दा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी यहाँबाट उडान भर्न इच्छुक नदेखाएको पटक पटक आरोप लगाउदै आएका छन् । कुवेतको जजिरा एयरवेज र दुवईको फ्लाई दुवइ , थाइल्याण्डको एयर एसिया र कतार एयरवेजले भैरहवामा उडान भरेका थिए । एकपटक धेरै विमान कम्पनीले उडान भर्न थालेपछि यहाँका बासिन्दा र व्यवसायी उत्साहित बनेका थिए ।
यात्रुलाई श्रम, मेडिकल, ओरियन्टेशन र भीसा सेन्टरको कामका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता अझै अन्त भएको छैन । काठमाडौंमा बिदेशिने पक्रिया पूरा गरेर जहाज चढन भैरहवा आउनु पर्ने बाध्यष सरकारले कायम राखी राखेको छ । भैरहवा बाट उडान भए पनि निरन्तरता पाउनेमा शंका व्यक्त गर्दै आएका व्यवसायी फेरि आक्रोशित बनेका छन् । उनीहरुले आन्दोलनको तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै यहाँका व्यावसायीले एक वर्षअघि १५ दिन धर्ना दिएका थिए । पर्यटनमन्त्री बद्री पाण्डे र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिल्लामा आएका बेला जस्तोसुकै अवस्थामा पनि विमानस्थल सञ्चालन गरिने दाबी गर्दै आएता पनि परिणाम भने उल्टो देखीएको ब्यावसायिहरुको भनाई छ ।
सरकारले विमानस्थल नियमित सञ्चालन हुन्छ भनेर निरन्तर आश्वासन दिए पनि त्यो आश्वासनमै सीमित भएको रुपन्देहीका पर्यटन ब्यावसायिहरुको गुनासो छ ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले लुम्बिनीकै कारणले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल बनेको बताउदै लुम्बिनी विकास कोषले यसको प्रचारप्रसारको लागि काम गनु पर्ने बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल केही समय आफ्नो उद्योग–व्यवसायलाई दिने समय आन्दोलनमा दिनुपर्ने समय आएको बताए । उनले विमानस्थल नियमित रुपमा सञ्चालन भए मुलुकको अर्थतन्त्रमा समेत सुधार हुने उल्लेख गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले विमानस्थलमा सरकारीस्तरबाट भएको लगानी भन्दा निजी क्षेत्रले विमानस्थल चल्छ भनेर निजी क्षेत्रले बढी लगानी गरेको बताए । भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले विमानस्थल सञ्चालन अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल चल्छ भनेको केही दिनपछि उडान बन्द भएको छ सरकार आफैलाई थाहा छैन भोली के हुदै छ अनि कसरी चल्छ बिमानस्थल उनले भने ।
सामाजिक अगुवा मनोज कुमार रिजालले विमानस्थल चले रुपन्देहीलाई मात्र नभइ मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै विमानस्थल सञ्चालनका लागि विभिन्न रचनात्मक ढंगले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलले विमानस्थल सञ्चालनको लागि सिद्धार्थ सञ्जालले धेरै संघर्ष गरेको बताउदै फेरी आन्दोलन गर्नु पर्ने वेला आएको बताईन । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले विमानस्थल सञ्चालनका लागि राजनीतिक नेतृत्व र सरकारको इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।
सिद्धार्थ सञ्जालका सल्लाहकार बाबुराम के.सी.ले विमानस्थल चलायमान हुँदा मुलुकको विकास हुने भए पनि सरकारले झुटो आश्वासन दिएकोले सशक्त आन्दालेन गर्नुपर्नेमा जोड दिए । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले सिद्धार्थ सञ्जालले गर्ने आन्दोलनका कार्यक्रमप्रति आफूले नेतृत्व गरेको संस्थाको ऐक्यवद्धता रहेको बताए ।
नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष सीता भट्टराईले राजनीतिक आस्था भन्दा माथि उठेर विमानस्थल सञ्चालनका लागि आवाज उठाउनुपर्ने बताइन् । सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य रचना क्षेत्रीले हिम्मत नहारी दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिईन ।
सिद्धार्थ सञ्जालका उपाध्यक्ष संजय बजिमयले केन्द्रीकृत मानसिकताका कारण गौतमबुद्ध विमानस्थल चल्न नदिइएको बताए । महासचिव मधु प्रसाद पन्थीले सरकारलाई दवाव दिनु पर्नेमा जोड दिए ।