Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रहरीलाइ लुम्बिनी प्रदेश सरकारले बाँड्यो मोटरसाईकल


  • लुम्बिनी चिन्तन
  • चैत्र ३१, २०७७ मंगलवार
  • 2.3K
    SHARES

प्रहरीलाइ लुम्बिनी प्रदेश सरकारले बाँड्यो  मोटरसाईकल

देशको शान्ति सुरक्षा मजबुत बनाउन भन्दै सोमबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सशस्त्र र नेपाल प्रहरीका बिभिन्न निकायलाई ५० वटा मोटरसाईकल हस्तान्तरण गरेको हाे ।

जनताको शान्ति सुरक्षा चुस्त दुरुस्त होस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराईएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले बताए । उनले चार पाङ्ग्रे गाडी जान नसक्ने ठाउँमा मोटरसाइकल मार्फत जनतालाई सेवा दिन प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध मोटरसाईकलहरु चारपाङ्ग्रे सवारी साधन नपुगेको स्थानहरुमा पठाउन आग्रह गर्दै जनतालाई छिटो छरिटो सेवा दिन मोटरसाईकल प्रभावकारी हुने बताए । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षक रबिन्द्र धानुकले प्रदेश सरकारले दिएको मोटरसाईकल १२ जिल्लामा वितरण गरीने बताउँदै प्राप्त साधनले जनताको शान्ति सुरक्षामा खटिन थप मद्दत पुग्ने बताए ।

लुम्बिनी प्रदेश ५ नम्बर बिन्दबासीनी बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले प्रदेश सरकारले दिएको सवारी साधानबाट अप्रेसन क्षेत्रमा काम र्गन सहज हुने बताए । मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई ३५ थान र सशस्त्र प्रहरीलाई १० थान तथा कानुन मन्त्रालयलाई ५ थान मोटरसाईकल उपलब्ध गराएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार