Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कारागार जादै गर्दा रविले भने अदालतको आदेशप्रति सम्मान गरेको छु 


  • लुम्बिनी चिन्तन
  • चैत्र २४, २०८१ सोमवार
  • 394
    SHARES

कारागार जादै गर्दा रविले भने अदालतको आदेशप्रति सम्मान गरेको छु 

भैरहवा चैत्र २५,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि सुक्रवार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो ।
सम्पुर्ण आवश्यक प्रक्रिया पुरा गरी कारागारको थुनुवा कक्षतर्फ लैजार्दा गर्दा आदेशप्रति केही गुनासो छ भन्ने संचारकर्मीहरुको प्रश्नमा केही छैन सम्मान छ भनेर सम्क्षीप्त प्रतिकृया दिएका थिए ।
उनलाई ब्लक नम्बर ४ मा राखिएको  जिल्ला कारागार भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले बताए । कारागारको चार वटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखएिको भण्डारीले बताए । 
कारागारमा सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुड. एउटा ब्लकमा रहेका छन् । अर्को ब्लकमा गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष छवीलाल बन्जाडे थुनामा रहेका कारण रविलाई छुट्र्टै स्थानमा राख्नु परेको कारागार प्रशासनले जनाएको छ ।  
अहिले रवी लामीछाने एक्लै बसे पनि पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यस स्थानमा पनि थप हुने कारागार प्रशासक सुरेश भण्डारीले बताए । अहिले भैरहवा कारागारमा कैदीबन्दीको संख्या ५सय ९४ छ ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । जसउपर गत शुक्रवार उच्च अदालतले सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
रवि लामिछानेलाई कारागारमा नयाँ झुल, बाल्टी, मेट्रेस लगायत सामग्री उपलब्ध गराइएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार