Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बर्षाले रुपन्देहीमा ७ करोड रुपैया बरावरको काँचो ईंटा नष्ट , काँचो इँटाको बीमाको व्यवस्था गर्न सरकार संग उधोगीको माग


  • लुम्बिनी चिन्तन
  • बैशाख ८, २०८२ सोमवार
  • 504
    SHARES

बर्षाले रुपन्देहीमा ७ करोड रुपैया बरावरको काँचो ईंटा नष्ट , काँचो इँटाको बीमाको व्यवस्था गर्न सरकार संग उधोगीको माग

 

भैरहवा बैशाख ८/
वर्षातका कारण रुपन्देहीमा ७ करोड रुपैया बरावरको काँचो ईंटा नष्ट भएको छ । 
दुई हप्ताको बिचमा परेको पानीका कारण भट्टामा पकाउनका लागि तयारी अवस्थामा राखेका काँचो ईंटा नष्ट भएको लुम्बिनी ईंटा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले बताए । 
उद्योगी–व्यवसायीहरुले तयार पारेको करीव दुई करोड ५० लाख गोटा बढी काँचो ईंटा नष्ट भएको छ अध्यक्ष गुप्ताले भने । एउटा काचो ईंटा तयार गर्न तिन रुपैया बढी लागत पर्ने उनले बताए ।  जिल्लामा संचालित २६ उद्योगले पकाउन तयार पारेको काँचो ईंटा नस्ट हुदा व्यवसायीलाई साढे ७ करोड रुपैयाँ बढीको क्षति पुगेको छ संघका अध्यक्ष गुप्ताले भने ।
सरकारैपिच्छे ‘माटो र भस्कटमा चर्को कर र कोइलाको मूल्य बढ्दा उद्योगी मारमा परेको अवस्थामा बेमौसमि बर्षातका कारण समस्या माथी समस्या थपिएको गुप्ताले बताए ।
खुल्ला आकाशमुखी गरिने व्यवसाय भएकाले हामीले सरकार संग पटक पटक ईन्सुरेन्स लगायतका बिषयहरुमा कुरा गरीरहेका छौ तर सरकार ब्यावसायिहरुको समस्ष बुझनै चाहदैन उनले भने । उद्योग जोगाउन राज्यपक्षबाट हुनुपर्ने कुनै काम भएको छैन  । 

ईंटा ब्यावसायी डोलराज पाण्डे पानीले आफ्ना दुई उद्योगमा मात्रै करिब १९ लाख काँचो ईंटा नष्ट गरेको बताए । बैशाखको अन्तिमसम्म मात्रै हो उद्योग चलाउने, यहीबेला नै वर्षाले ईंटा नष्ट भएपछि अहिले उद्योग बन्द छ उनले भने । पहिलो दिन पानी पर्यो पम्पसेट चलाएर पानी फाल्यौं, फेरि पर्यो । त्यसपछि लगातार पानी परेपछि काँचो ईंटा पूरै नष्ट भयो पाठकले भने ।
पछिल्लो समय रुपन्देहीमा ईंटा उद्योग धमाधम बन्द भइरहेका छन् । एक दशक अघिसम्म ५२ इँटा उद्योग रहेको जिल्लामा हाल २६ वटा मात्रै संचालित छन् भने बाँकी बन्द भइसकेका छन् । 
संघका महासचिव दीपक पौडेलले संकटमा रहेका उद्योगमा वर्षाले बर्सेनि थप क्षति पुर्याउँदै आएको बताए । जिल्लामा संचालित ईंटा उद्योगमा करिब १० अर्ब लगानी छ । यी उद्योगले मुलुकलाई वर्सेनि करोडौं रुपैयाँ कर तिर्छन् । त्यसैले बर्सेनि करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका उद्योगीलाई सहयोग पुर्याउन सरकारकै पहलमा काँचो इँटाको बीमाको व्यवस्था गरिनुपर्ने पौडेलले माग गरे । 

 


लुम्बिनी चिन्तन

थप समाचार