Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पाथीभरा ट्याक्सी दुर्घटनामा चालकसहित चार जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख ८, २०८२ सोमवार
  • 402
    SHARES

पाथीभरा ट्याक्सी दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

भैरहवा बैशाख ८/

पाथीभरातर्फ गइरहेको ट्याकसीमा करेन्ट लागेर आगो लाग्दा ट्याक्सी चालकसहित चार जनाको मृत्यु भएको छ । जसमा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) रबि रावलले बताए ।दुर्घटनामा दुई जना घाइते भएको उनले जानकारी दिए । 

प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उपचारका लागि ल्याइएकामध्ये ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य (सन्ध्या)को अवस्था गम्भीर रहेको बताइएको छ । उनका १० वर्षीय छोरा अभियव आचार्यको अवस्था सामान्य रहेको छ । 

पाथीभरा जाँदै गरेका ललितपुर महानगरपालिका निवासी सविनाका छोरी १६ वर्षीय आध्या आचार्यको घटनास्थलमै  मृत्यु भएको प्रनि बस्नेतले जानकारी दिए । आध्याका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षका बिनोद पौडेल, मावली हजुरआमा ६० वर्षकी सिरता पौडेल तथा सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार