Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पत्रकार आक्रमण गर्ने तस्करलाई प्रहरीले भगाए पछि रुपन्देहीका पत्रकाहरुले दोशीलाई कार्वाहीको माग गर्दै सिडियोलाई गुहारे


  • लुम्बिनी चिन्तन
  • बैशाख ९, २०८२ मंगलवार
  • 1.2K
    SHARES

पत्रकार आक्रमण गर्ने तस्करलाई प्रहरीले भगाए पछि रुपन्देहीका पत्रकाहरुले दोशीलाई कार्वाहीको माग गर्दै सिडियोलाई गुहारे


भैरहवा बैशाख ९/
पत्रकारलाई आक्रमण गर्ने तस्करलाई रुपन्देही प्रहरीले भगाए पछि दोशी माथी कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको छ ।
रुपन्देहीका पत्रकार राधेश्याम विश्वकर्मालाई आक्रमणको प्रयास गर्ने तस्कर समूहमाथि  कारवाहीको माग गर्दै लुम्बिनी प्रेस क्लव रुपन्देही , नेपाल पत्रकार महासंघ रुपन्देहीले  जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासंघ रुपन्देहीका सदस्य एवं अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि.(एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मालाई सोमबार मर्चवारमा तस्करहरुको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेको थियो । 
वैशाख ८ गते सोमबार भैरहवाबाट संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका–६ स्थित मकरीमा दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली दुव्र्यवहारसँगै भौतिक आक्रमणको प्रयास गरेको थियो । 
समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि पत्रकार विश्वकर्माले भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण प्रयास गरेको पत्रकार राधेश्याम बिश्वकर्माले बताए ।

rup 1.jpg
दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरुको समूहले पत्रकार विश्वकर्माको झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हाली बन्धक बनाएका थिए । सोही समयमा तस्करहरुको समुहले नै प्रहरीलाई खवर गरेपछि एक जना प्रहरुका सई आपुगेका थिए । ति प्रहरीले तत्करको हातबाट पत्रकारको परिचय पत्र हेरे पनि सोही तस्करलाईनै पत्रकारको परिचय पत्र फिर्ता गरेका थिए । ति प्रहरीले पत्रकारको क्यामेरा मोटराईकलको चाबी , र परिचरयत्र फिर्ता गराउने प्रयास नगरेको पत्रकार बिश्वकर्माले बताए ।


सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगी ठाडो उजुरी दिएका सायमा डिएसपि सुरज कार्कीले घटनामा संम्लग्न दीपेश यादव पक्राउ गरेको र जिल्लामा ल्याउन ईलाका प्रहरी कार्यालय मझगांवाका प्रहरी निरिक्षक लाई जिम्मा दिएका थिए । मंगलवार बसेर बिवाद टुड.गाउने भनेर बिदा भएका पत्रकारहरुको टोली सांझ प्रहरीको नियन्त्रणमा रहेका तस्कार दीपेश यादव भागेको भनेर सुचना दिए । यो घटनाले पत्रकारहरु प्रहरी संग सुरक्षीत हुन नसकीने भन्दै मंगलवार जिल्ला प्रसाशन कार्यालय पुगेका हुन । 
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले घटनां गंभिर रहेको बताउदै दोशीलाई तत्काल पक्राउ गरी घटनामा संम्लग्न सबैलाई कार्वाही गर्न माग गरे । पत्रकारमाथि आक्रमणको प्रयास हुँदा प्रहरी अधिकारी मुकदर्शक बन्नु निन्दनीय भएको अध्यक्ष पाण्डेले बताए । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले खिचेका भिडियो डिलिट गर्ने कार्य पत्रकारिता पेशाप्रतिको अपमान भएको बताए । उनले यो घटनामा सुरक्षा निकाय गम्भिर बन्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले घटनामा संलग्न दीपेश यादव नेतृत्वको ७–८ जना तस्करहरुको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरे । पक्राउ गरिएका यादवलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीहरुमाथि पनि छानबीन गरी कारवाही गर्न अध्यक्ष रायमाझीले माग गरे । 
क्लबका महासचिव प्रकाश न्यौपानेले यदी २४ घण्टाभित्र घटनामा संलग्न तस्करहरुको समूह र उक्त समूहका नाइके दीपेश यादवलाई भगाउने प्रहरीलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए । उनले पत्रकारले खिचेका भिडियो डिलिट (हटाउन) लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । 


लुम्बिनी चिन्तन

थप समाचार