Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने फरार रहेका यादव ककरहवाबाट पक्राउ


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०८२ बिहिवार
  • 450
    SHARES

पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने फरार रहेका यादव ककरहवाबाट पक्राउ

भैरहवा, बैशाख ११ । पत्रकार राधेश्याम विश्वकर्मालाई दुर्ववहार गरि फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । यादवलाई बिहीबार रुपन्देहीको कक्रहवास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । दिपेश यादव सहित उनको समूहले भैरहवाका पत्रकार राधेश्याम विश्वकर्मालाइ समाचार संकलनको क्रममा दुर्ववहार गरेका थिए । विश्वकर्माले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरी हिरासतबाट नै फरार भएका यादव अन्ततः प्रहरीको फन्दाम  परेका हुन । यादवलाइ पक्राउ गर्न र दोषीको माग सहित लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र दिएका थिए । सो समयमा पनि यादव पक्राउ नपरेपछी पत्रकारहरुले आन्दोलनको घोषणा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरि बहादुर थापा, तिर्थ कोइराला, उज्वल शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ लगायत पेशागत संघ संगठनहरुले ऐक्यबद्धता जनाएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार