Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरमा अटो ग्यारेज व्यवस्थित गर्न अटो भिलेजमा स्थानान्तरण अनिवार्य


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०८२ सोमवार
  • 374
    SHARES

सिद्धार्थनगरमा अटो ग्यारेज व्यवस्थित गर्न अटो भिलेजमा स्थानान्तरण अनिवार्य

भैरहवा, वैशाख २२ । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका अटो ग्यारेजहरूलाई व्यवस्थित र एकीकृत गर्न वडा नं. ९ स्थित गोनहियामा स्थापना गरिएको ‘सिद्धार्थ अटो भिलेज’ मा स्थानान्तरण गर्न निर्देशन दिएको छ।नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै वडा नं. ९ गोनहियामा स्थापना गरिएको ‘सिद्धार्थ अटो भिलेज’ मा स्थानान्तरण गर्न निर्देशन दिएको हो । 


नगरपालिकाले सबै सरोकारवालाहरूलाई सहकार्य गर्न आग्रह गर्दै यदि तोकिएको समयभित्र स्थानान्तरण नगरे कानुनी कारवाही अगाडि बढाइने स्पष्ट पारेको छ।नगर क्षेत्रलाई सफा, सुन्दर र पर्यटकीय दृष्टिले आकर्षक बनाउन यस्ता व्यवसायलाई छुट्टै क्षेत्रभित्र सीमित गर्ने नीतिअनुसार अन्य स्थानमा ग्यारेज खोल्न रोक लगाइएको छ।


यद्यपि हाल वडा नं. ८ स्थित लुम्बिनी रोड क्षेत्रमा केही ग्यारेजहरू बिना दर्ता सञ्चालनमा आएको र केही अन्य स्थानमा दर्ता भएका ग्यारेजले समेत अनुमति नलिई सोही क्षेत्रमा सेवा दिइरहेको पाइएको नगरपालिकाले जनाएको छ।

यस विषयमा पटक–पटक जानकारी दिइएको भए पनि अटेर गर्दै व्यवसाय सञ्चालन भइरहेकाले नगर कार्यपालिकाको मिति २०८२÷०१÷०९ को निर्णयअनुसार ३५ दिनभित्र ती सम्पूर्ण ग्यारेजहरूलाई अटो भिलेजमा स्थानान्तरण गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ।
 


लुम्बिनी चिन्तन

थप समाचार