Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको नेपाल भारत सिमामा चार सुरक्षा निकायको सम्युक्त सुरक्षा गस्ती


  • लुम्बिनी चिन्तन
  • बैशाख २५, २०८२ बिहिवार
  • 406
    SHARES

रुपन्देहीको नेपाल भारत सिमामा चार सुरक्षा निकायको सम्युक्त सुरक्षा गस्ती

भैरहवा – भारत र पाकिस्तानबीच तनाब बढेपछि रुपन्देहीको सिमा क्षेत्रमा उच्च सर्तकता बढाईएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि नेपालको सशस्त्र प्रहरी बल र नेपाल प्रहरी त्यसैगरी भारतीय प्रहरी र भारतीय एस एस बि को सम्युक्त टोलीले सिमा क्षेत्रमा सम्युक्त गस्ती गरेको शसस्त्र प्रहरी वल २७ न. गण रुपन्देहीका शसस्त्र प्रहरी उपरिक्षक मेख राज जोशीले जानकारी दिए ।  
अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै क्षेत्रहरुमा कडाई गरिएको शसस्त्र प्रहरी उपरिक्षक जोशीले जानकारी दिए । ‘सीमा क्षेत्रमा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ, । sima 7.jpg
पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा बुधवार बिहान सम्युक्त गस्ति गरीएको र संकास्पद अवस्थामा रहेकाहरुको चेक जांच र सोधपुछका कामहरु भएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरिक्षक मुकेश न्यौपानेले बताए । 
सिमानाकामा नेपाल तर्फ पनि सुरक्षा सर्तकता बढेको र भारतीय सुरक्षा कर्मीहरुले पनि कडाई गरेको उनले बताए । नेपाली र भारतीय सुरक्षा निकाय बिच समन्वय भैरहेको उनले बताए ।

sima 3.jpgsima 5.jpg


लुम्बिनी चिन्तन

थप समाचार