Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुख्यमन्त्री आचार्य द्वारा लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव उद्घाटन 


  • लुम्बिनी चिन्तन
  • बैशाख ३०, २०८२ मंगलवार
  • 348
    SHARES

मुख्यमन्त्री आचार्य द्वारा लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव उद्घाटन 

लुम्बिनी-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जयन्तीकाे अवसरमा आयाेजित लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ काे साेमवार उद्घाटन गर्नु भएकाे छ । हाेटल व्यवसायी संघ लुम्बिनी लगायतका संघ संस्थाहरूले संयुक्तरूपमा उक्त महोत्सवकाे आयाेजना गरेका हुन् । याे महोत्सवले बाैद्ध कालीन समयकाे नाट्य श्रृङ्खला र रैथाने खानालाई समेत प्रबर्द्धन गर्ने उद्देश्य राखेकाे छ ।

buddha jayenti.jpg

उक्त उत्सवमा देश भित्र र बाहिरबाट आएका बाैद्ध धर्मावलम्बीहरू सहित स्थानीयहरूकाे उल्लेखनीय सहभागीता देखिएकाे छ ।

महाेत्सवकाे उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले गाैतम बुद्धले प्रतिपादन गरेका वाणी, वचन र सिद्धान्तहरू दिन प्रतिदिन सत्य सावित हुँदै गएकाे बताउनु भएकाे छ । उहाँले विश्वमा देखा परेकाे अशान्ति र हिंसाकाे अन्त्यका लागि बुद्धले अंगालेकाे मार्ग नै शान्तिकाे सन्देशकाे रुपमा स्थापित भएकाे धारणा व्यक्त गर्नुभयाे ।WhatsApp Image 2025-05-13 at 10.56.54.jpeg

‘हामी गर्व गर्न सक्छाैं, शिर उचाे पारेर, छाति चाैडा पारेर भन्न सक्छाैं । बुद्धकाे सन्देश विश्व शान्तिकाे लागि उपयुक्त छ’ उहाँले भन्नुभयाे-` याे पवित्र भूमिमा जन्मिएका हाैं भनेर विश्वमा चिनाउने अवस्था पुगेका छाैं ।’
एक अर्काे प्रसंगमा मुख्यमन्त्री आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसाय क्षेत्रमा लगानी बढेकाे तर नियमित उडान नहुनु चिन्ताकाे विषय भएकाे उल्लेख गर्नुभयाे । यसप्रति प्रदेश सरकार संवेदनशील र गम्भीर बनेकाे जानकारी दिँदै अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्न संघीय सरकारकाे ध्यानाकर्षण गरिएकाे र यसले चाँडै निकास पाउने विश्वास व्यक्त गर्नुभयाे । गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशकाे मुहार फेरिने भनाइ उहाँकाे छ ।


लुम्बिनी चिन्तन

थप समाचार