Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा क्रेटा इभि सार्वजनिक, ३० भन्दा बढी बुकिङ र १० युनिट हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०८२ बिहिवार
  • 786
    SHARES

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा क्रेटा इभि सार्वजनिक, ३० भन्दा बढी बुकिङ र १० युनिट हस्तान्तरण

भैरहवा, जेठ ०१ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभि सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम मणिग्राममा सम्पन्न गरेको छ।
सिद्दि विनायक मोटो कर्प प्रा. लि. बुटवल र जगत मोटर्स प्रा. लि. भैरहवा को संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० भन्दा बढी क्रेटा इभि युनिटको बुकिङ भएको र १० युनिटको हस्तान्तरण गरिएको हो ।WhatsApp Image 2025-05-15 at 11.15.49.jpeg
कार्यक्रममा ग्राहक वर्गको उल्लेखनीय उत्साह, हुन्डाई गाडीप्रति रहेको विश्वास र सहभागिता अत्यन्त सकारात्मक रहेको जगत मोटर्सका संचालक रिस्चल थापाले जानकारी दिनुभयो । 
क्रेटा इभि को आगमनसँगै विद्युतीय सवारीप्रति देखिएको अन्योल हटाउँदै, हुन्डाईले ग्राहकहरूलाई अझ सजिलै निर्णय गर्न सहयोग गरेको छ। आइसिइ र इभि मोडलहरू एउटै प्लेटफर्ममा आधारित भएकाले स्पेयर पाट्र्स, सेवा सुविधा र दीर्घकालीन ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने थापाले विश्वास विश्वास व्यक्त गर्नु भयो ।WhatsApp Image 2025-05-15 at 11.15.50.jpeg
लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ्ग नेटवर्क विस्तार गर्दै, हालसम्म देशभर ६६ डिसी र एसि चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याइसकेको छ। यसले इभि अपनाउन चाहने ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ।
यसैक्रममा, कम्पनीको उच्च व्यवस्थापन टोली देशभरका विभिन्न सहरमा डिलरहरूसँगको भेटघाट र अन्तरक्रिया गर्दै, हुन्डाई ब्रान्डप्रति जनविश्वास अभिवृद्धिमा सक्रिय रहँदै आएको छ।
कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले सहभागी सबैमा धन्यवाद व्यक्त गर्दै, सफा र स्मार्ट भविष्य तर्फको यात्रामा हुन्डाई सधैं अग्रसर रहने यापाले प्रतिबद्धता जनाउनु भयो ।   

 


लुम्बिनी चिन्तन

थप समाचार