भैरहवा। नेपालमा सोमबार ४ सय ९६ जनामा संक्रमण पुष्टि भयो जस्मा नेपाल प्रवेश गर्ने ६३ जनामा संक्रमण देखिएको थियो । भारतमा दैनिक कोभिड–१९ को संक्रमण बढ्दै गएसँगै नेपालमा पनि यस्को प्रभाव पर्दै गएको छ । शुन्यमा झरेको रुपन्देहीको कोभिड संक्रमण पछिल्लो एक सातामै ५ गुणा बढेपनि नेपाल भारत सिमा नाका बेलहियामा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कुनै संयन्त्र परिचालन भएको देखिदैन ।
नाकाको हेल्थ डेस्कलाई सक्रिय गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलसहितको टोलीले निरिक्षण गरेर गएपनि डेस्कमा कुनै परिवर्तन आएको छैन । सिमाका लागि ३ जना कर्मचारी पठाउने भने पनि हाल सम्म एक जना मात्र आएका छन, उनी पनि विदा लिएर बसेका छन ।

भारतको कोभिड हटस्पट शहरहरुबाट नेपाल आउने क्रम जारी छ, उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सक्रमण जोखिम भएपनि सिमामा केही दिन भएको एन्टीजिन परीक्षण पनि बन्द भएको छ ।
खटिएको स्वास्थ्य कर्मचारीको लापरवाहीले विना चेकजाच वा सामान्य ज्वारो नापेर नेपाल प्रवेश भइरहेको छ । स्वास्थ्यका कर्मचारीलाई मन लाग्यो भने ज्वारो नाप्छन होइन भने सरासर मान्छे आउन दिन्छन खटिएका एक सुरक्षाकर्मीले भने । सिमामा बनाइएको दोस्रो हेल्थ डेस्कमा एन्टिजिन परिक्षण गर्नेे पनि बन्द छ, सुरुवातमा ३–४ दिन परिक्षण भएको थियो अहिले भए जस्तो लाग्दैन, बन्द नै छ उनले भने
प्रशासनले नाकामा स्वास्थ्य मापदण्ड पालना भएको भने पनि न्यून छ, औपचारिकताका लागि मात्र हेल्थ डेस्क राखिएको छ । नेपाल प्रवेश गर्ने अधिकांसको ज्वरो मापन र विवरण लिने काम नै भएको छैन ।

अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको उच्च संक्रमण दर छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गर्नु पर्ने भएपनि बेलहियामा त्यस्तो कुनै चेक जाच गरिएको छैन । सञ्चारकर्मीको क्यामरा हेरे पछि सिमामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यको टिमले चेकजाँच र प्रवेशमा कडाई गर्ने गरेका छन ।
नामको २ वटा हेल्थ डेस्क छ । एउटामा प्रारम्भिक सबैको तापक्रम मापन र स्वास्थ्य अवस्थाको जानकारी लिने हो भने अर्को हेल्थ डेस्कमा शंकास्पद ज्वारो तथा लक्ष्ण भएकोलाई मलेरिया र कोभिड आरटि पिसीआर एटिजिनबाट परिक्षण गर्ने । पहिलो हेल्थ डेस्कमा मन लागेको बेला चेक गर्ने गरेपनि दोस्रो हेल्थ डेस्कमा कोही पनि हुदैन ।

सरकारले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, सहित सात जनाको अस्थायी दरबन्दी सिर्जना गर्ने भने पनि कर्मचारी अभाव कायमै छ, स्थानीय तहमार्फत आउने सो जनशक्ति अझै पनि व्यवस्थापन नभएको स्वास्थ्यक कार्यालयका प्रमुख गिरीले भने । अबको केही समयमा हेल्थ डेस्क व्यवस्थित हुन्छ । हामीसँग सामाग्रीहरु भए पनि मुख्य समस्या जनशक्ति हो एक दुई दिनमा व्यवस्थापन हुन्छ प्रमुख गिरीले भने ।
भारतमा सक्रमण बढेपनि खुला सीमाका कारण दैनिक हजारौँको संख्यामा सीमापारि सुनौली बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न सीमा वारपार गर्छन । भारतको कोभिड हटस्पट शहरहरुबाट नेपाल आउने क्रम जारी भए पनि उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सक्रमण जोखिम भएपनि विना चेकजाच वा सामान्य ज्वारो नापेर नेपाल प्रवेशले संक्रमणको खतरा बढि छ ।