भैरहवा, जेठ १३ । मुन लाईट आवासीय माध्यमिक विद्यालयले विद्यालयमा प्रजातान्त्रिक मूल्य र अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लब तथा सदन पदाधिकारी चयनका लागि नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ। “चुनाव के हो, कसरी गरिन्छ, र यसमा इमानदारीको महत्व के हो भन्ने कुरा बालबालिकाले व्यवहारिक रूपमा सिकून भन्ने उद्देश्यले यो कार्यक्रम गरेको विद्यालयले जानएको छ ।
नमुना मतदान कार्यक्रममा विद्यालयका प्राचार्य राजेश राज जोशीले यस किसिमको अभ्यासले विद्यार्थीहरूमा लोकतान्त्रिक सोच र मूल्यको विकास हुने विश्वास व्यक्त गर्नुभयो । “विद्यार्थीहरूमा प्रजातान्त्रिक पद्धति र चुनावप्रति समझदारी बढाउन यो कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो ।
प्राचार्य जोशीका अनुसार विद्यालयले गत वर्षदेखि नै यस्तो नमुना मतदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यस वर्ष पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रम अन्तर्गत विभिन्न सदन र क्लबका उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक माहोल सिर्जना गरिएको थियो भने मतदान प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न विशेष ध्यान दिइएको थियो। विद्यालयले भविष्यमा समेत यस्ता कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाई लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।