भैरहवा जेठ १४,/
बुटवल एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धारीलो हतीया र हतौडा प्रयोग गरेर हत्या गरीएको छ थप अनुसन्धान हुदै छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सुरज कार्कीले भने ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको ब्याक्ती रहेको स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि बसेकीकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर हत्या गरेका थिए । तिनै जनालाई घाँटी अठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुबीच करिब ८–१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रहरीले बताएको छ । यद्यपी घनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।