Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहद्वारा वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०८२ सोमवार
  • 1.8K
    SHARES

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहद्वारा वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भैरहवा, जेठ १९ । भैरहवा स्थित सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले आफ्नो वार्षिक समीक्षा तथा आगामी कार्यविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको अध्यक्ष शान्ता कँडेलको अध्यक्षतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।503501169_1712172362841051_7191771777076117024_n.jpg

कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी वरिष्ठ उपाध्यक्ष सचिता अर्यालले प्रस्तुत गर्नुभयो भने, कार्यक्रम सञ्चालन तथा सहजीकरणको भूमिका संस्थाकी सचिव लाजिना देवकोटाले निभाउनुभयो। यस्तै, संस्थाकी कोषाध्यक्ष खिमकुमारी थापाले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक पक्षको स्पष्ट विवरणसमेत दिनुभयो।

उक्त कार्यक्रममा सदस्यहरूको सक्रिय सहभागिता रहेको अध्यक्ष शान्ता कँडेल जानकारी दिनु भयो । कार्यक्रममा सहभागीहरूले संगठनको वर्तमान गतिविधि, उपलब्धि तथा भविष्यको योजना बारेमा रचनात्मक सुझाव प्रस्तुत गर्दै इच्छाशक्ति र सहकार्यको प्रतिबद्धता जनाएको थियो ।503380097_1712172502841037_4463024437174434033_n.jpg

कार्यक्रमको समापनमा संस्थाले उपस्थित सबै सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सामूहिक सहकार्य र एकताबाट संगठनलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरियो।


लुम्बिनी चिन्तन

थप समाचार