भैरहवा, जेष्ठ २५। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रको एक खेतमा एक युवतीको जलेको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार २२ वर्षीया सिर्जना पाल आइतबार विहान करिब १ बजे आफ्नो घरबाट करिब १ किलोमिटर टाढा एक खेतमा मृत भेटिएकी हुन्।
जलेको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार विहान २ बजेतिर प्रहरी टोली त्यहाँ पुगेको थियो र अनुसन्धान सुरु गरिएको छ।
हाल सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर घटनाको विषयमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनालाई लिएर थप अनुसन्धान जारी रहेको जनाइएको छ।