Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा अवैध उत्खननविरुद्ध रास्वपाको आन्दोलन: कारबाहीको माग गर्दै ज्ञयापनपत्र बुझाइयो


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०८२ आइतवार
  • 320
    SHARES

रुपन्देहीमा अवैध उत्खननविरुद्ध रास्वपाको आन्दोलन: कारबाहीको माग गर्दै ज्ञयापनपत्र बुझाइयो

रुपन्देही, २५ जेठ – खोलाबाट गिट्टी–बालुवा निकाल्ने क्रममा नियम विपरीत नदी उत्खनन भएको पाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसविरुद्ध कडा आपत्ति जनाउँदै प्रशासनलाई पुनः कारबाहीका लागि दबाव दिएको छ।

यसअघि २५ गते रास्वपा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी (सिडियो) बासुदेव घिमिरेलाई ज्ञयापनपत्र बुझाएको थियो। सिडियो घिमिरेले त्यसबेला अनुगमन गरी आवश्यक कारबाही गर्ने आश्वासन दिएका थिए। तर सोही अनुरूप काम नभएको भन्दै आज पुनः रास्वपा रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय समितिको तर्फबाट अवैध उत्खनन भइरहेका स्थानहरूको प्रमाणसहित पुनः ध्यानाकर्षण गराइएको हो।WhatsApp Image 2025-06-08 at 4.52.19 PM.jpeg

रास्वपाले यस्ता गैरकानुनी गतिविधि भइरहेको घाटहरूमा तत्काल कारबाही गर्न र संलग्न ठेकेदार कम्पनीहरूलाई सिलबन्दी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।WhatsApp Image 2025-06-08 at 4.52.20 PM.jpeg

आजको कार्यक्रममा सिडियो घिमिरेले समय मिलाएर अनुगमन गर्ने र भेटिएका अवैध गतिविधिहरूमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै, जिल्ला प्रहरी प्रमुख (एसपी)ले पनि कारबाहीका लागि प्रशासनको पूर्ण सहयोग रहने स्पष्ट पार्नुभएको छ।

रास्वपा क्षेत्रीय समिति सभापति मधु अर्याल र प्रदेश सदस्य महेन्द्र उपाध्यक्षले समस्या समाधान नभए यो विषयलाई संसदसम्म लैजाने र राष्ट्रव्यापी आन्दोलनको रूप दिने चेतावनी दिनुभएको छ।WhatsApp Image 2025-06-08 at 4.52.21 PM.jpeg

कार्यक्रममा उपसभापति सुनयना केसी गिरि, सचिव विष्णु गौतम, सदस्य सुमन न्यौपाने, नगर सभापति प्रसुराम पराजुली, सि.न.पा.–९ का सभापति ओमराज पन्थ, मायादेवी–८ का संगठन विभाग प्रमुख तारा जैसी, सल्लाहकार डोलप्रसाद भण्डारी र बाबुराम घिमिरेसहित स्थानीय पीडित समूहको उल्लेख्य सहभागिता रहेको थियो।


लुम्बिनी चिन्तन

थप समाचार