Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर नगरपालिका वडा नं. ५ द्वारा आयोजित तीन दिने उद्घोषण तथा भाषा कला तालिम सम्पन्न


  • प्रेरणा नेपाली
  • जेठ ३०, २०८२ बिहिवार
  • 1.4K
    SHARES

सिद्धार्थनगर नगरपालिका वडा नं. ५ द्वारा आयोजित तीन दिने उद्घोषण तथा भाषा कला तालिम सम्पन्न

भैरहवा, जेठ २९ –

भैरहवा, जेठ २९ – सिद्धार्थनगर नगरपालिका वडा नं. ५ को वडा कार्यालयद्वारा आयोजना गरिएको “युवावर्गको नेतृत्व तथा व्यक्तित्व विकासका लागि उद्घोषण तथा भाषा कला” सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। उक्त तालिममा करिब ३० जनाको सहभागिता रहेको थियो।

तालिममा पत्रकार तथा उद्घोषण प्रशिक्षक शंकर पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिमको उद्देश्य युवाहरूमा आत्मविश्वास, प्रभावकारी बोल्ने क्षमता र सार्वजनिक मंचमा उद्घोषण गर्ने सीपको विकास गर्नु रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी नारायण प्रसाद अग्रवालले तालिममा सिकिएको सीपलाई निरन्तर अभ्यासमा लगेर जीवन उपयोगी बनाउन सुझाव दिनुभयो।
वडा नं. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले तालिम आयोजनाको उद्देश्य स्पष्ट पार्दै भन्नुभयो, “हामीले युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने र उनीहरूलाई नेतृत्व क्षमतामा सक्षम बनाउने लक्ष्यसहित तालिम आयोजना गरेका हौं। पहिलो दिन सैद्धान्तिक ज्ञान, दोस्रो दिन व्यवहारिक अभ्यास र तेस्रो दिन एफएममा गएर आवाज परीक्षण गरिएको थियो।”
WhatsApp Image 2025-06-12 at 6.31.51 PM.jpegWhatsApp Image 2025-06-12 at 6.31.53 PM (1).jpegWhatsApp Image 2025-06-12 at 6.31.52 PM.jpeg

प्रशिक्षक पत्रकार शंकर पाण्डेले तालिमबारे प्रतिक्रिया दिँदै भने, “तीन दिनको तालिम अवधिमा युवाहरूले जुन उत्साह र जिज्ञासाका साथ सिके, त्यो देख्दा म अत्यन्तै खुसी छु। यस्ता तालिमहरू नियमित रूपमा आयोजना हुनु जरुरी छ।”
प्रशिक्षार्थी मनिष अग्रवालले तालिमप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “यो तालिमले हामीलाई उद्घोष कसरी गर्ने भन्ने ज्ञान मात्र होइन, व्यवहारिक रूपमा पनि अभ्यास गराएको छ। यदि यस्तो तालिम ३ दिन होइन ५ वा ७ दिनको भएको भए अझ प्रभावकारी हुनेथियो।” 
त्यस्तै अर्की प्रशिक्षार्थी स्वेता श्रेष्ठले “तीन दिनको अवधिमा धेरै कुरा सिक्ने मौका पायौं। अब हामी सजिलैसँग सार्वजनिक रूपमा बोल्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ।”

प्रशिक्षार्थी अन्जली अग्रवालले तालिमले आफ्नो डर हटाएको अनुभव सुनाउँदै भनिन्, “म पहिले बोल्न डराउने विद्यार्थी थिएँ। तर अब म सहजै मंचमा बोल्न सक्छु भन्ने विश्वास जागेको छ।”

WhatsApp Image 2025-06-12 at 6.31.53 PM.jpeg
WhatsApp Image 2025-06-12 at 6.31.54 PM.jpeg

यस तालिमले युवाहरूमाझ सकारात्मक ऊर्जा भरिदिएको आयोजकको विश्वास छ, र आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू अझ विस्तारसाथ सञ्चालन गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

 




प्रेरणा नेपाली

थप समाचार