Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नयाँ वर्ष सुरु : सबैमा शुभकामना ! 


  • लुम्बिनी चिन्तन
  • बैशाख १, २०७८ बुधवार
  • 516
    SHARES

नयाँ वर्ष सुरु : सबैमा शुभकामना ! 

भैरहवा । विक्रम संवत् २०७८ सालको नयाँ वर्ष प्रारम्भ भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।  नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिसठान्न भोजन बनाएर खाने चलन छ । कोरोना भाइरस सङ्क्रमणका कारण गएको वर्ष जस्तै यसपालि पनि सरकारले घरभित्रै नयाँ वर्ष मनाउन आग्रह  गरेको छ । गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् । नयाँ वर्षको पहिलो दिन  मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिन सम्बोधन गरेका हुन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।०७७ साल कोरोना महामारीसाथै राजनीतिक अस्वस्थता देखिएको प्रधानमन्त्रीको भनाइ छ। 

साथै हाम्रा पाठक, शुभेच्छुक, विज्ञापन दाता तथा सहकर्मी सबैका लागि नयाँ वर्ष शान्ति, प्रगति र समृद्धिको वर्ष बनोस् भन्ने शुभकामना !  


लुम्बिनी चिन्तन

थप समाचार