Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतमा कोरोना बढे संगै सिमा नाका बेलहियामा सर्तकता अपनाउन सुरु , केही दिनमा परिक्षण समेत हुने


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०८२ बिहिवार
  • 452
    SHARES

भारतमा कोरोना बढे संगै सिमा नाका बेलहियामा सर्तकता अपनाउन सुरु , केही दिनमा परिक्षण समेत हुने

भैरहवा, जेठ २९ – छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढे संगै सिमाक्षेत्र बेलहियामा स्वास्थ्य सुरक्षा सर्तकता बढाईएको छ । खासगरि भारतीय सहरहरुमा लामो समय बसी नेपाल फर्किएकाहरु संग सोधपुछ र ज्वरो चेक जांच गर्ने काम सुरु भएको जिल्ला स्वासथ्य कार्यालय रुपन्देहीका ल्याव ईन्र्चाज लोक नाथ कडेलले जानकारी दिए । सिमा नाका बेलहीयामा कडेलको नेर्तत्वमा स्वास्थ कर्मचारीहरु खटिएका छन् । स्वासथ्य मन्त्रालयले सिमा नाकामा कोरोना परिक्षणका लागी किट समेत उपलब्ध गराएको र केही दिनमा कोरोना परिक्षण समेत हुने स्वास्थ्य ईन्र्चाज कडेलले बताए । स्वासथ्य मन्त्रालयले स्वास्थ्य समाग्री पठाईसकेको र जिल्लामा रिसिव गर्न बांकी रहेको उनले बताए । जिल्ला स्वासथ्य कार्यालयमा कोरोना किट आए लगतै परि०ा सुरु हुने उनले जानकारी दिए ।WhatsApp Image 2025-06-12 at 6.49.32 PM.jpeg केही दिन देखी नेपाल आउने नेपालीहरुमा केहीमा ज्वरो देखएिकाले उहाहरुलाई हामीले सुरक्षा सर्तकता अपनाएर घरमा बस्न सुझाव दिएर पठाएका छौ उाले भने ।  बिहिवार पनि चार पांच जना ज्वरो आएका नेपालीहरु आउनु भएको छ यो क्रम केही दिन देखी जारी छ कडेलले भने । भारत बाट आउने सबैमा सोध पुछ गरिएको छैन समुहमा आउनेहरुमा एक जना संग सोधपुछ गरेर पठाउने गरेको उनले बताए । सिमा नाका बेलहीयाको दशगजा क्षेत्रमा राखएिको हेल्प डेस्कमा शसस्त्र प्रहरी , जनपद प्रहरी र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले नियमित डिउटी गर्दै आएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार