Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यथास्थानमै सतर्क रहन कतारका नेपालीलाई दूतावासको आग्रह


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८२ मंगलवार
  • 318
    SHARES

यथास्थानमै सतर्क रहन कतारका नेपालीलाई दूतावासको आग्रह

काठमाण्डौ असार १०/

कतारस्थित अमेरिकी सेनाको बेसमा इरानले आक्रमण गरेपछि कतारको जनजीवन तनावग्र्रस्त बनेको छ। इरानले अमेरिकी सेना रहेको अल उदिद एयर बेसमा मिसाइल आक्रमण गरेको हो। यद्यपी कुनै मानविय क्षति नभएको कतारको विदेश मन्त्रालयले जनाएको छ। 

इरानको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरु पनि भयभित भएका छन्। कतारस्थित नेपाली दूतावासले एक सूचना जारी गरी यथास्थानमै सतर्क रहेर बस्न र कतार सरकारका आधिकारीक सुचना पालना गर्न आग्रह गरेको छ । 

दूतावासले जारी गरेको सूचनामा भनिएको छ-

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।

कतारमा करिब चार लाख नेपाली कामदार रहेका छन्। 


लुम्बिनी चिन्तन

थप समाचार