Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर वडानं ५ द्धारा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग व्यक्तिहरूको सम्मान, पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेक जाँच सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०८२ शुक्रवार
  • 2.5K
    SHARES

सिद्धार्थनगर वडानं ५ द्धारा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग व्यक्तिहरूको सम्मान, पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेक जाँच सम्पन्न


भैरहवा असार १३/
सिद्धार्थनगर नगरपालिका वडानं ५ कार्यालय द्धारा जेष्ठ नागरिक, एकल महिला तथा  अपाङ्ग व्यक्तिहरूको सम्मान, पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेक जाँच कार्यक्रम सम्पन्न गरेको छ ।
भैरहवा स्थित मारवाडी सेवा संघको सभा हलमा जेष्ठ नागरिक, एकल महिला, तथा अपाङ्ग व्यक्तित्वहरूको सम्मान मा पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेक जाँच गर्ने कार्यक्रम सम्पन्न भएको सिद्धार्थनगर नगरपालिका वडानं ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिए । 

dd.jpg
वडा अध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालीकाका मेयर इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा भित्र रहेका एक सय दुई जना जेष्ठ नागरिक, एकल महिला तथा  अपाङ्ग व्यक्तिहरूलाई सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको थियो ।

cc.jpg
कार्यक्रममा उपप्रमुख उमा अधिकारी ,वडा नं –१३ का वडाअध्यक्ष सोम बहादुर गुरुडु, वरिष्ठ समाजसेवी नारायण प्रसाद अग्रवाल, उधोग ब्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, भैरहवा नमुना उच्च माबी बिध्यालय ब्यावस्थापन समितीका आनन्द प्रसाद गुप्ता, केशव प्रसाद गुप्ता, शम्भु कुमार गुप्ता, चुन्नु प्रसाद पाण्डे, भू.पू. वडा अध्यक्ष भरत सिंह विजुकुच्छे, वडा सचिव वन्दना उपाध्याय लगायतको सहभागीता रहेको थियो ।

aa.jpg
कार्यक्रममा नगर प्रमुख ईस्तियाक अहमदखानले “सेवा हि परमो धर्म भन्ने कथनले सिदार्थनगर नगरपालीका वडा नं ५ ले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग व्यक्तित्वहरूको सेवा स्याहार, सुसार सेवा गर्नु हाम्रो दायित्व रहेको बताउदै वडा कार्यालयले सराहनिय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत मन्तव्य तथा विनित कुमार वेरिवालको संचालनमा सम्पन्न भएको थियो ।

bb.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार