भैरहवा, २३ असार – नेपाल एसबिआई बैंक लिमिटेड, लुम्बिनी प्रदेश कार्यालय भैरहवाले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा रक्तदान र ह्वीलचेयर वितरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बैंकको भैरहवा शाखा परिसरमा आयोजित कार्यक्रममा अपांगता भएका १२ जनालाई ह्वीलचेयर वितरण गरिएको थियो।
कार्यक्रममा समाजसेवी दुधनाथ जयसवाल, बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, सीड प्रमुख सुवास उपाध्याय, शाखा प्रबन्धक दिलिप राय लगायतले बैंकको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरे। सहभागी वक्ताहरुले यस्ता कार्यक्रमले समाजसँगको सम्बन्ध मजबुत बनाउने धारणा राखे।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा एकाइ युनिट रगत संकलन गरिएको थियो। कार्यक्रममा चेम्बर अफ कमर्स, विभिन्न बैंक शाखाका प्रतिनिधि, व्यवसायी, रक्तदाता र स्थानीय नागरिकहरूको उपस्थिति थियो।