Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जुवा खेल्दै गरेका ७ जनालाई पक्राउ


  • लुम्बिनी चिन्तन
  • बैशाख १, २०७८ बुधवार
  • 1.4K
    SHARES

जुवा खेल्दै गरेका ७ जनालाई पक्राउ

भैरहवा । जुवा खेल्दै गरेको अवस्थामा रुपन्देही प्रहरीले  ७ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सालझण्डी सैनामैना नगरपालिका  वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हाे । 

प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ३५ का विजय कुमार सारु, वर्ष ४५ का वीर बहादुर बस्नेत, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउ पालिका वडा नं ८ बस्ने वर्ष ५२ का रेम बहादुर राना, सोही ठाउँमा वर्ष ३८ का ओम बहादुर बलाल, वर्ष ३७ का देवेन्द्र पुन, वर्ष ४० का कुल बहादुर घर्ती  रहेका छन् ।

 यस्तै सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ५६ का चाम बहादुर गाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ हजार २ सय ५० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले बताए। उनीहरुलाई जुवा ऐन अुनसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार