२९ असार, काठमाडौं ।
निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले प्रेस विज्ञप्ति निकालेर मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।
आयोगका अनुसार अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण यही साउन १४ गते वेबसाइटमा प्रकाशन गरिनेछ । साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् ।
आगामी भदौ २५ गते मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएर अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।