Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भानुजयन्ती अवसरमा भैरहवामा तीन स्रष्टालाई पुरस्कारसहित सम्मान


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०८२ सोमवार
  • 844
    SHARES

भानुजयन्ती अवसरमा भैरहवामा तीन स्रष्टालाई पुरस्कारसहित सम्मान

भैरहवा, असार ३० । सिद्धार्थ साहित्य परिषद्, भैरहवा–रूपन्देहीको आयोजनामा आइतवार नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइएको छ। कार्यक्रम स्रष्टा सम्मान र रचना वाचनसँगै सम्पन्न भएको हो।

परिषद्का अध्यक्ष तथा समालोचक डिल्लीराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा गजलकार बूँद राना प्रमुख अतिथि र वरिष्ठ साहित्यकार प्राध्यापक डा. कपिल लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

साहित्यिक योगदानको कदरस्वरूप विभिन्न स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गरिएको कार्यक्रममा सिद्धार्थ साहित्य पुरस्कार डा. हरिप्रसाद भण्डारी (तिलोत्तमा), टेकबहादुर स्मृति साहित्य पुरस्कार रुद्र ज्ञवाली (भैरहवा) र विष्णुमाया हटुवाल स्मृति पुरस्कार देवीप्रसाद न्यौपाने “धीर” (भैरहवा) लाई प्रदान गरियो। उनीहरूलाई नगद, सम्मानपत्र तथा दोसल्लाले सम्मानित गरियो।

यस्तै, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएवापत समाजसेवी सनतकुमार श्रेष्ठ, महिला सञ्चारकर्मी सावित्री घिमिरे र युवा सञ्चारकर्मी पुनहरि बेल्बासे पनि दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित भए।WhatsApp Image 2025-07-14 at 12.13.55 PM.jpeg

कार्यक्रममा साहित्यकारहरूले गीत, कविता, मुक्तक, हाइकुजस्ता रचनामार्फत देशमा शान्ति, समृद्धि र सामाजिक रूपान्तरणको सन्देश व्यक्त गरे। उनीहरूले नेपाली संस्कृतिको संरक्षण र सामाजिक विकृति विरुद्ध साहित्यिक कलम चलाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको प्रारम्भ भानु मावि, सिद्धार्थनगरको परिसरमा रहेको भानुभक्तको प्रतिमामा पुष्पमाला अर्पण गरी गरिएको थियो भने मुख्य कार्यक्रम दिउँसो रविपथस्थित पिसनाइटको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रम परिषद्का कोषाध्यक्ष सीता काफ्लेको संयोजन, उपाध्यक्ष विजय पाण्डेको स्वागत मन्तव्य र सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो। सहसचिव कृष्णप्रसाद बस्यालले आदिकवि भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।WhatsApp Image 2025-07-14 at 12.12.38 PM.jpeg

कार्यक्रममा प्राज्ञ बूँद राना, डा. कपिल लामिछाने, डा. गितु गिरी, विजय सागर, शान्तिदिदी, डा. हरिप्रसाद भण्डारी, रुद्र ज्ञवाली, देवीप्रसाद न्यौपाने “धीर“, वनमाली निराकार, सरु ज्ञवाली, मोतीलाल सुवेदी, राजेश ढकाल, कुन्ति सेन, हरिप्रसाद अधिकारी, उमा काफ्ले, रमेश समर्थन, खगेन्द्र बस्याल, कमल पोखरेल, युवराज खनाल, लगायत दुई दर्जनभन्दा बढी साहित्यकारहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्दै भानुभक्तको योगदानलाई पुनः स्मरण गराएको आयोजकले जनाएका छन्।WhatsApp Image 2025-07-14 at 12.12.37 PM.jpegWhatsApp Image 2025-07-14 at 12.12.37 PM (1).jpegWhatsApp Image 2025-07-14 at 12.12.43 PM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार