भैरहवा, असार ३२ । रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार, असार २५ गते बुधबार राति ध्रुव भण्डारीको घरबाट सुनका गरगहना चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा संकलित प्रमाण र हुलिया पहिचानका आधारमा प्रहरीले असार ३० गते चोरीमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा बुटवल उप–महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल उप–महानगरपालिका वडा नं. १३ का २५ वर्षिय युसुक गुरुङ र बुटवल उप–महानगरपालिका वडा नं. ६ का २२ वर्षियबिशाल तामाङ रहेका छन् ।
प्रहरीले उनीहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा रहेको १ थान मंगलसूत्र बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान इलाका प्रहरी कार्यालय, रुपन्देहीमार्फत अघि बढाइएको छ।