Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १२ अर्ब ९८ करोड राजस्व संकलन, वार्षिक लक्ष्यको ९८% प्राप्ति


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०८२ शुक्रवार
  • 320
    SHARES

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १२ अर्ब ९८ करोड राजस्व संकलन, वार्षिक लक्ष्यको ९८% प्राप्ति
भैरहवा, साउन ०२ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कुल १२ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  यो संकलन कार्यालयको वार्षिक लक्ष्य १३ अर्ब २७ करोड रुपैयाँको करिब ९८ प्रतिशत हो।
कार्यालयका प्रमुख कर अधिकृत प्रेम राज पोख्रेलका अनुसार, यो वर्ष राजस्व संकलनमा गत वर्षको तुलनामा २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। संकलन रकममा यो वृद्धि २ अर्ब ६५ करोड रुपैयाँ बराबर हो।
 
कार्यालयले भदौ, असोज, फागुन, बैशाख, जेठ र असार महिनामा आन्तरिक राजस्व विभागले तोकेको राजस्व लक्ष्य पूरा गरेको छ ।
राजस्व संकलनमा देखिएको वृद्धिको मुख्य कारणहरूमा अर्थतन्त्रका परिसूचकहरूमा सुधार, नियमित र क्षेत्रगत बजार अनुगमन, बक्यौता कर असुलीमा तीव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारीता, र करदाता शिक्षाको प्रभाव रहेका छन्।
 
साथै, नक्कली मूल्य अभिवृद्धि कर (VAT) बीजक जारी गर्ने व्यवसायहरूमा अनुसन्धान तथा निगरानी कडाइले पनि राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।
प्रमुख कर अधिकृत पोख्रेलले कर प्रणालीलाई अझ पारदर्शी र करदातामैत्री बनाउँदै, आगामी वर्षमा संकलनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


लुम्बिनी चिन्तन

थप समाचार