Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८२ सोमवार
  • 284
    SHARES

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड

भैरहवा साउन ५।

आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व बाेकेकाे  दिन। आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। 


शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्व

हिन्दु शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुनुका साथै  मनोकामना पूर्ति तथा मानसिक शुद्धि  समेत प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णन गरिए अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट उत्पन्न काटकुट विष सेवन गरेर संसारको रक्षा गरेको कथा रहेको छ।

ज्योतिषीय रूपमा समेत साउन महिना विशेष छ, यस महिनाबाट सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले गर्दा मानसिक शान्तिमा सहयोग पुर्‍याउँदछ। यसै कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि रहेको छ।

व्रत विधि र पूजाको तरीका

सोमबारको व्रत विभिन्न तरिकाले बस्न सकिन्छ । निर्जला, फलाहार वा  एक छाक मात्र सात्त्विक भोजन ग्रहण गरी व्रत बस्न सकिन्छ। व्रतालुले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गरी मन्त्र जप गर्ने तथा आरती गर्ने प्रथा रहिआएको छ। व्रतालुले  शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पाठ गर्ने तथा श्रवण गर्ने गर्दछन्।

देशै भरका शिवालयहरूमा जलार्पण गर्नेहरूको भिड

आज पशुपतिनाथ लगाएत देशैभरका शिवालयहरूमा जलार्पण गर्ने भक्तजनहरूकाे भिड लागेको छ । रूपन्देहीकाे प्रसिद्ध पर्राेहवा परमेश्वर बाेलबम धाममा जलार्पणका लागि बिहानै बाट भिड लागेको छ। यस मन्दिरमा पहेलाे वस्त्र धारण गरी शिव भजन गदै पवित्र नदीबाट ल्याएको जल शिव लिङ्गमा जर्लापण गरिन्छ । श्रावण  महिना भरी यस मन्दिरमा जल अर्पण गर्नेहरूको  भिड रहने गर्दछ । खास गरी हरेक सोमबार मन्दिरमा ठुलो भिड रहन्छ।

त्यस्तै बुटवल तथा पाल्पाको शिद्भबाबा धाम, बुटवलकै मुक्तिनाथ धाम, तिलाेत्माकाे  माेक्षधाम, भैरहवाको बसडिलहवामा रहेको शिव मन्दिर  लगायतका शिवालयहरूमा  श्रद्धालुहरूले जलार्पण गर्ने गरेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार