Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल-बंगलादेश उपाधि भिडन्त गर्दै


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८२ सोमवार
  • 462
    SHARES

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल-बंगलादेश उपाधि भिडन्त गर्दै

भैरहवा साउन ५।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त आज हुँदैछ। अन्तिम तथा निर्णायक खेलमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दैछ।

यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे बसुन्धरा किंग्स एरेनामा सुरु हुनेछ, जसपश्चात् यस संस्करणको साफ यू २० च्याम्पियनको टुंगो लाग्नेछ। हाल अंक तालिकामा बंगलादेश सहज स्थितिमा छ भने नेपाललाई आजको खेल जसरी पनि जित्नुपर्ने दबाब छ। बंगलादेशले बराबरी मात्र खेले पनि उपाधि जित्न पर्याप्त हुनेछ, तर नेपालका लागि जितको कुनै विकल्प छैन।

अहिले बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ, जहाँ उसले खेलेका सबै पाँचै खेल जितेको छ। अर्कोतर्फ, नेपालले ४ जित र १ हारबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले भुटान र श्रीलंकालाई दुईदुई पटक पराजित गरेको थियो तर बंगलादेशसँग भने पराजित भएको थियो।

अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशको ३ अंक बढी छ। त्यसैले, अंक बराबरी गर्नका लागि पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनैपर्छ। यदि नेपालले बंगलादेशलाई हराएमा दुवै टोलीको अंक बराबर हुनेछ र यस्तो अवस्थामा गोल अन्तर उपाधिका लागि निर्णायक हुनेछ।

अहिलेसम्म नेपालले ५ खेलमा कुल ३० गोल गरेको छ भने बंगलादेशले २४ गोल गरेको छ। दुवै टोलीले समान ४-४ गोल व्यहोरेका छन्। हेड-टू-हेडको कुरा गर्दा, पहिलो खेलमा बंगलादेशले ३-२ ले जितेको हुनाले हेड-टू-हेडमा पनि एक गोलले अगाडि छ।


लुम्बिनी चिन्तन

थप समाचार